खजुरामा कपिलप्रसाद अधिकारी प्यानलको भेटघाट

३१ श्रावण २०७३, सोमबार १४:५६
 

सदरलाइनडटकम k2
३१ साउन, नेपालगन्ज :  नेपालगन्ज उद्योग बाणिज्य संघको भदौ ११ गते हुने निर्बाचनमा प्रतिस्पर्धा गर्नका लागि चुनावी मैदानमा होमिएको कपिलप्रसाद अधिकारी नेतृत्वको ‘समावेशी, साझा समूह’ले खजुराका ब्यवसायी मतदाताहरुसंग भेटघाट गरेको छ ।
सोमबार खजुरामा ब्यवसायिक प्रतिष्ठानमा पुगेर सो प्यानलले आफ्ना पक्षमा मतदान गर्नको लागि स्थानीय व्यावसायीलाई भेटेको सचिवालयले जनाएको छ ।
ब्यवसायिक हकहितका मुद्दामा आधारित रहेर आफुहरु निर्बाचनमा उम्मेदवारी दिएको भन्दै अध्यक्ष पदमा उम्मेदवार कपिलप्रसाद      अधिकारीले मुद्दाकै आधारमा आफुहरुलाई मत दिन आग्रह गरे । उनले भने,–‘ब्यवसायिक हकहितका मुद्दामा केन्द्रित भएर तपाईहरुसंँग मत माग्न आएको छु । आशा छ, यहाँंहरुले सहयोग गर्नुहुने छ ।’ खजुराक्षेत्रका ब्यवसायीहरुले सहयोग गर्ने बचन दिएको प्रचारको लागि त्यहाँ पुगेको व्यावसायीले बताए k1।सो प्यानलबाट अध्यक्षमा अधिकारी, उपाध्यक्ष बाणिज्य तर्फ तनविर जमाल हलवाई र उपाध्यक्ष उद्योग तर्फ श्रीमती रचना श्रेष्ठ रहेकी छन् ।

   यसैगरी सदस्यहरुमा उषा भण्डारी, चोलराज श्रेष्ठ, जहागीर मुसलमान, दशरथ चन्द, धर्मराज अर्याल, बिनोदकुमार राठी, बिबेक कुमार श्रेष्ठ, भीमबहादुर रानाभाट, मन्दीरा पाण्डे, मालती शर्मा, राशिद कमाल र सत्यनारायाण बैश्य रहेका छन् । ‘ महिला, मुस्मिल, मधेसी समुदाय सबैलाई मिलाएर समाबेशी र साझा बनाउने काम गरेका छौं ।’ अधिकारीले भने ।


     k3 k4

k5

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको पहिलो तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई

३१ श्रावण २०७३, सोमबार १४:५६
सदरलाइनडटकम,  १, भदौं काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले सो घोषणा गरेका हुन । भेटमा प्रधानमन्त्रीले भने, ‘भूकम्पपछि आएको मानवीय बिपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक […]