कृष्णा केसी ‘नमुना’ मन्त्री बन्ने पक्का

सदरलाइन संवाददाता २८ पुष २०७९, बिहीबार १४:१९
 

नेपालगञ्ज : नेकपा माओवादी केन्द्रबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ मन्त्री बन्ने पक्का भएको छ ।

नेकपा माओवादी लुम्बिनी प्रदेश कमिटीले लुम्बिनी प्रदेशको मन्त्री पदका लागि नमुनाको नाम सिफारिस गरी मुख्यमन्त्री लिला गिरीलाई पत्राचार गरेको छ ।


यसअघि पनि प्रदेशसभा सदस्य रहेकी इमान्दार एवम् बिकासप्रेमी नेता नमुनाले कुन मन्त्रालय पाउने भन्ने बारेमा भने एकिन भएको छैन । विशेष श्रोतका अनुसार माओवादीबाट मन्त्री बन्दै गरेकी बिकासप्रेमी नेता नमुनालाई बिकाससँँग सम्बन्धित मन्त्रालय दिइने बताइएको छ ।

नमुना बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा दादुरा संक्रमित ११५ पुगे, अधिकाँश बालबालिका होम आइसोलेशनमा

२८ पुष २०७९, बिहीबार १४:१९
नेपालगञ्ज : बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११५ पुगेको छ । गत पुस दोस्रो सातादेखि बाँकेमा फैलिएको दादुरा संक्रमण पछिल्लो दिनहरूमा झनै फैलिएको हो । नेपालगञ्जका ११३ र पछिल्लो खजुराका २ संक्रमित भेटिएपछि संक्रमितको संख्या ११५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए । खोप सुपरभाइजर […]