नेपालगन्ज उद्योग बाणिजय संघको भदौ ११ को निर्वाचनको लागि एक उपाध्यक्ष र ४ जना सदस्य पदमा गरी ५ जना महिला दुई प्यानलबाट निर्वाचन लड्दै छन् । सो निर्वाचनको लागि कपिल अधिकारी नेतृत्वको समावेशी साझा समूहबाट उपाध्यक्षमा रचना श्रेष्ठ, सदस्यहरुमा उषा थापा, मलती शर्मा सुवेदी र मन्दीरा पाण्डे रहेका छन् भने नन्दलाल बैश्य नेतृत्वको समावेशी समूहबाट सदस्यका लागि तारा रोकाया क्षेत्री उम्मेदवार रहेका छन् । उम्मेदवार महिलाहरु यतिबेला चर्चाको शिखरमा छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको इतिहासमै पहिलो पटक समावेशी साझा समूहले उपाध्यक्ष सहित चार जना महिलालाई संघमा नेतृत्व गर्ने अवसर प्रदान गरेको छ । अर्कोतिर समावेशी समुहबाट उम्मेवार बनेकी रोकाय आफैमा पनि शसक्त उम्मेदवार हुन । यसै क्रममा उम्मेदवार रहेका सबै उम्मेदवार महिलाको बिचार यहाँ प्रस्तुत गरिएको छ ।
रचना श्रेष्ठ : समावेशी साझा समूहबाट उपाध्यक्ष

यहि भदौ ११ गते हुने उद्योग वाणिज्य संघ नेपालगन्जको लागि समावेशी साझा समूहवाट उपाध्यक्ष (उद्योग) पदमा रचना श्रेष्ठले उम्मेदवार हुन ।
तपाइले यसअघि पनि उपमहासचिव भएर संघको नेतृत्व गरिसक्नु भएको छ यसपटक उपाध्यक्ष उद्योगमा लड्दै हुनुहुन्छ कस्तो सम्भावना देख्नुभएको छ ?
–मलाई यसअघिको निर्वाचनमा सम्पूर्ण व्यापारी तथा मतदाताहरुले महिलालाई प्राथमिकता दिनुपर्छ भन्ने भावनाका साथ अत्याधिक मत दिएर विजयी बनाउनुभयो । उहाँहरुले त्यतिबेला लगाएको गुन मैले बिर्सिएकी छैन तर, त्यो कार्यकालमा हाम्रो समूहको बहुमत नहुँदा व्यवसायीक हित तथा प्रवद्र्धनका लागि बनाएका योजना र नीतिहरु कार्यान्वयन गर्न कठिनाई भयो । यद्धपी त्यो कार्यकालबाट धेरै अनुभव मैले संगालेकी छु । व्यापारीका समस्याहरु बुझेकी छु । तसर्थ यसपटक पूर्ण बहुमत ल्याएर विगतमा गर्न नसकेका योजनाहरु कार्यान्वयन गर्ने उद्देश्यका साथ म पुनः चुनावी मैदानमा उत्रिउकी छु र, मलाई व्यापारी तथा मतदाताप्रति विश्वास छ कि उहाँहरुले महिलाको शिर झुक्न दिनुहुनेछैन । पहिलेझै समर्थन दिएर विजयी गराउनुहुनेछ ।
उषा थापा : समावेशी साझा समूहबाट सदस्य





सदस्य पदकी उम्मेदवार मालती शर्मा सुवेदी राजनीतिक परिवारभित्र हुर्किदै आएकी उम्मेदवार हुन । उनी संविधान सभाकी पूर्व उपाध्यक्ष पूर्णाकुमारी सुवेदीकी छोराबुहारी हुन तर, उनको लगाव राजनीति भन्दा पनि उद्योग व्यवासायमा छ । यस्तो पृष्ठभूमि भएकी मालतीलाई हामीले सोधेका थियौँ,
मन्दिरा पाण्डे स्टेशनरी व्यवसायी हुन । नेपालगन्जमा पत्रपत्रिका पढ्नेहरु उनलाई धेरै अघिदेखि चिन्छन् । अहिले पनि बिहानदेखि बेलुकासम्म दैनिकी बित्ने गर्दछ । २३ वर्षदेखि निरन्तर यो व्यवसायमा लाग्दै आएकी मन्दिरा आफुमात्रै होईन साना ठूला व्यवसायी महिलाहरुलाई वाणिज्य संघको नेतृत्वमा पुर्याउने उद्देश्य लिएको बताउछिन ।
नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य हुन । खत्री ब्यापार ब्यवसायमा महिला सहभागिता उल्लेख्य रुपमा हुनुपर्छ भन्ने मान्यता राखेकी उनले बिभिन्न संघसंस्थाहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरि सकेकी छन् ।