पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १२ असार २०७८, शनिबार १६:४७
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ६१ वटा नमुना परीक्षण गर्दा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीको प्रयोगशालमा ३६ नमुना परीक्षण गर्दा ६ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा २५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएका हो ।


तीमध्ये बाँकेका १ जनामात्रै रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । पछिल्लो २४ घण्टामा ८ जना डिस्चार्ज भएका छन् ।

बाँकेमा अहिलेसम्म ८३ हजार ६ सय ६९ जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल पनि डेल्टाको उच्च जोखिममा

१२ असार २०७८, शनिबार १६:४७
नेपालगञ्ज : विश्वभर फैलने क्रममा रहेको कोरोनाभाइरसको संक्रामक प्रजाति डेल्टाको संक्रमणबाट जोगिन मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरीलाई कायम राख्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । नेपाल पनि डेल्टा भाइरसको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन् । कतिपय खोप अभियान चलाइरहेका मुलुकले मास्क लगाउने नियमलाई खुकुलो बनाएपछि डब्लुएचओले त्यसो नगर्न […]

सम्बन्धित