चितुवाको छालासहित दुईजना पक्राउ

१४ श्रावण २०७६, मंगलवार १३:१२
 

सदरलाइनडटकम,
कैलाली : चितुवाको छालासहित कैलालीमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कैलालीको टोलीले चितुवाको दुई थान छालासहित डोटी बड्डी केदार गाउँपालिकाका राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका–१ का रामबहादुर विष्टलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट चितुवाको दुई थान छाला बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गरेर उनीहरुलाई चितुवाको छालासहित सार्वजनिक गरेको हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि वन कार्यालयको जिम्मा लगाउने तयारी रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा राजेन्द्र थापाले चितुवाको छाला स्थानीय डोटी बड्डीकेदार गाउँपालिकामा शिकार गरी बिक्री वितरणका लागि राम विष्टसँग सम्पर्कमा रहेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । बरामद भएको चितुवाको छाला थप अनुसन्धानका लागि डिभिजन वन कार्यालयलाई जिम्मा लगाएको छ ।

Next Post

भेरी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव

१४ श्रावण २०७६, मंगलवार १३:१२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन अभाव भएपछि सर्वसाधारण महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् । अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएपनि अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बाहिरको क्लिनिकमा गएर भ्याक्सिन लगाएको राप्तीसोनारी गाउँपालिका–६ टेपरीका श्यामप्रसाद थारुले बताए । स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गर्दा अभाव […]