विभिन्न मुद्दामा फरार रहेका अपराधी धमाधम पक्रिदै बाँके प्रहरी

सदरलाइन संवाददाता १९ आश्विन २०७७, सोमबार १८:४७
 


नेपालगञ्ज :  जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न अपराधमा सजय तोकिएका र विभिन्न आरोपमा मुद्दा दर्ता भई फरार रहेका प्रतिबादीहरु नियन्त्रणमा लिने क्रम तीब्र पारेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ओमबहादुर रानाले आर्थिक वर्षको असारदेखि असोजसम्म ३ सय ६१ जना फरार रहेका प्रतिबादी नियन्त्रणमा लिएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार बाँके प्रहरीले अदालतबाट फैसला भएका ३ सय १५ जना मुलतबिमा रहेका २३ जना र चालु मुद्दामा फरार रहेका २३ जना गरी ३ सय ६१ जनालाई नियन्णमा लिएको हो ।

जिल्लामा २ हजार ३ सय ५८ फरार रहदा असार यताको चार महिनामा ३ सय ६१ मात्रै नियन्त्रणमा लिन बाँके प्रहरी सफल भएको छ ।

प्रहरी उपरीक्षक रानाका अनुसार बाँकेमा हालसम्म प्रहरीले नियन्त्रणमा लिएकाहरु ३ सय ६१ जना मध्येबाट ११ लाख ६८ हजार ५ सय ८६ रुपैया जरिवाना र ९८ बर्ष २ महिना २० दिन कैद असुल हुने छ । बाँकेमा फैसला भई फरार रहेका २ हजार २ सय १० जना र प्रहरीमा मद्दा दर्ताभई फरार रहेका १ सय ४८ जना गरी २ हजार ३ सय ५८ जना अपराधी फरार रहेको तथ्याङ्क जिल्ला प्रहरीसंग रहेको छ ।

यसैबीच कर्तव्य ज्यान  मुद्दामा फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले ७ वर्षपछि पक्राउ गरेको छ । खजुरा गाउपालिका वडा नं. ६ मा बस्ने २८ वर्षिय बब्लु बेहना भनिने रहमत अलि बेहनालाई जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलिले बेहनाको घरबाटै पक्राउ गरेको जनाएको हो ।


गत २०७० असोज १ गते साविक उढरापुर गाविस वडा नं. ९ निबासी राम भरोसे चमारका २० बर्षि छोरा गोलु चमारको हत्याको संलग्न बेहनालाई बाँके प्रहरीले ७ बर्ष पछि प्रकाउ गरेको प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।

हत्यामा संलग्न ५ जना मध्ये साविक उढरापुर गाविस वडा नं. ९ का विधिया यादव तत्काल प्रकाउ परी हाल कारागारमा छन्, यस्तै सोहि ठाँउ निवासी राजेस पासी केहि समयपछि पक्राउ परि हाल पुर्पक्षमा थुनामा छन् भने, सोहि ठाँउ निवासी नुर हासन खाँ र पेलरु वेहना फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक रानाले जानकारी दिए ।

गोलु चमारको हत्या २०७५ भदौ १ गते भन्दा पहिला भएको हुनाले बेहनालाई मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार सजाय हुने समेत उपरिक्षक रानाले बताए ।

Next Post

भारतबाट आलुको बोरामा भित्र्याईएको प्याज सहित ट्रक भन्सार पठाईयो

१९ आश्विन २०७७, सोमबार १८:४७
नेपालगञ्ज  : बाँके प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रुयाईएको प्याज बरामद गरेको छ । गयराती रंगशाला स्थित वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले करिब ६ लाख ७२ हजार ५ सय बराबर मुल्यको अवैध प्याज बरामद गरेको हो । प्रहरीले भारतको उत्तर प्रदेश फरुखाबादका बस्ने २७ बर्षिय ईन्द्रजित सिंहले चलाएको युपि–७६ […]