देउखुरीस्थित एक घरमा आगलागी हुँदा ६ लाखको क्षति

सदरलाइन संवाददाता २९ कार्तिक २०७९, मंगलवार १४:४१
 

नेपालगञ्ज : दाङको देउखुरीमा एक घरमा आगलागी भएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती स्थित ताराबहादुर खत्रीको खरको छाना भएको फुसको घरमा सोमवार राती ९ः१० बजेको समयमा विद्युत सर्ट भई आगलागी भएको वडा अध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् । आगलागी हुँदा घर जलेर पुर्णरूपले खरानी भएको छ ।


आगलागीबाट घरभित्र रहेको नगद रू ३० हजार, लत्ताकपडा, अन्नपात, कागजपत्र गरि करिव ६ लाख बराबरको क्षति भएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । आगोलाई स्थानीय, इलाका प्रहरी कार्यालय भालुवाङ र प्रहरी चौकी मसुरियाका प्रहरी जवान, म्यादी प्रहरीले १ घण्टा लगाएर नियन्त्रणमा लिएका थिए । आगलागीबाट मानवीय क्षति भने हुन पाएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–२ मा धवलको तुलनामा अन्य उम्मेदवार कम्जोर हुँदै

२९ कार्तिक २०७९, मंगलवार १४:४१
नेपालगञ्ज : बाँके क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलसम्शेर राणाको तुलनामा अन्य उम्मेदवार कम्जोर हुँदै गएका छन् । मतको आधारमा बलियो ठानिएका कांग्रेस उम्मेदवार सुदीप नरसिंह राणालाई कांग्रेसभित्रबाटै अविश्वास गरेका कारण पछि परेका छन् भने चुनावी तामझाम गर्दै आएका जनता समाजवादी पार्टीका उम्मेदवार इस्तियाक राईको पक्षमा जनमत […]