पिउने पानीमा देखिएको फोहोरको विरोध गर्दा रोका झ्यालखानामा

१३ आश्विन २०७३, बिहीबार १३:५५
 

unnamed (1)सदरलाइनडटकम
१३ असोज काठमाडौं : अक्वा निर्मल क्वालिटि ड्रिंकिङ् वाटरमा देखिएको फोहोरको विरोध गर्दा आफूलाई प्रहरी खोरमा थुनिएको पीडित शंकर रोका बादलले आरोप लगाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित रोकाले उक्त कुरा बताएका हुन् । आफूले खानेपानी लागि भनेरै जार किन्दा नखोलेको शिलप्याक जारमै फोहोरको डल्ला भेटेपछि कम्प्लेन गर्दा उक्त पानी कम्पनीका मालिकहरुले आफूलाई बोलाएरै दुर्भव्यवहार गरेको आरोप लगाउँदै रोकाले भने,‘फोहोर पानीको डल्लो देखेपछि कम्प्लेन गर्दा उनीहरुले मलाई यस्तो व्यवहार गरे ।’
रोकाका अनुसार उक्त घट्ना भदौ ६ गतेको हो । उनका अनुसार सुरुमा यसबारेमा कम्प्लेन गर्दा कम्पनीका प्रोप्राईटर द्धय अच्यूत लामिछाने र किशोर मानन्धरले आफूलाई कम्प्लेन गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए । पीडित रोकाले अघि थपे,‘तर उनीहरुले मलाई गौशलाको पिंगलास्थानमा बोलाएर फोहोर जार जबरजस्ती लान खोजे, म एक्लै गएको थिईंन, मिडियाका साथीहरुपनि सँगै लिएर गएको थिएँ ।’
रोकाले भोलिपल्ट पत्रकार सम्मेलन गर्ने योजना बनाएको तर त्यही दिन नै उनलाई फिल्मी शैलीमा सिभिलमा आएका प्रहरीले भ्यानमा हालेर आफुलाई प्रहरी परिसर टेकुमा लगेको बताए । उनले अघि थपे,‘मलाई अपहरण शैलीमा प्राईभेट भ्यानमा हालेर लगियो, मेरो साथमा रहेको मोवाईल, सिक्रि र घडी समेत लुटिएको छ ।’
उनले १६ दिनसम्म आफूलाई हिरातमा राखिएको बताए । रोकाले भने,‘ म भदौ २१ गते मात्रै १५ हजार धरौटिमा छुटेको छु ।’ रोकाले आफू नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी राष्ट्रिय परिषद सदस्य समेत रहेको जनाए ।रोकालाई अहिले सार्वजनिक अपराधको मुद्दामा तारेखमा छोडिएको छ । कार्यक्रममा श्रमजीवी ट्रेड युनियन महासंघका अध्यक्ष राम बहादुर तामाङ्ले पनि पीडित रोकाले न्याय पाउनुपर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा राजनीतिक स्थायित्व भए क्यानडाबाट १ खर्ब लगानी भित्र्याउन सकिन्छ : मित्र काफ्ले

१३ आश्विन २०७३, बिहीबार १३:५५
सदरलाइनडटकम   १३ असोज काठमाण्डौं : गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेपाल ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तरक्रियात्मक कार्यक्रममा बोल्दै काफ्लेले नेपालमा हाईड्रोपावर विकासको अत्यन्तै प्रचुर संभावना […]