जिल्ला प्रशासन कार्यालय बाँकेले गर्यो करिव ४ करोड राजस्व संकलन

१० श्रावण २०७३, सोमबार १३:२७
 

 

सदरलाइनडटकम,  


IMG_7518 copy

१० साउन, नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले राहदानी सिफारिस तथा विभिन्न दण्ड जरिवानासमेतबाट गत आर्थिक वर्षमा करिव चार करोडको हाराहारीमा राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयका अनुसार राजस्व सबै भन्दा बढी राहदानी सिफारीसबाट र सबै भन्दा न्यून टेण्डर विक्रिबाट संकलन गरिएको छ ।
गत आर्थिक वर्षको प्रगति विवरण सर्वाजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रवीलाल पन्थले २०७२ साउन देखि ०७३ असार मसान्तसम्म विभिन्न शिर्षकमा ३ करोड ८८ लाख ६४ हजार ४ सय २५ राजस्व संकलन भएको जानकारी दिए ।
उनले राहदानी, दण्ड जरिवाना संघ÷संस्था दर्ता र नविकरण, हातहतियार नविकरण, टेण्डर फारम विक्रि, परीक्षा दस्तुर आदीबाट सो राजस्व संकलन गर्न सफल भएको बताए ।
उनले दिएको जानकारी अनुसार सबै भन्दा बढी राजस्व राहदानी सिफारिसबाट ३ करोड ७७ लाख ७ हजार ५ सय, दण्ड जरिवनामा ५ लाख ६६ हजार १ सय १५, संघसंस्था दर्ता÷ नविकारणमा ३ लाख ८३ हजार २ सय ५०, हातहतियार नविकरण १ लाख ९१ हजार ३ सय २५, परीक्षा दस्तुर १२ हजार ९ सय र टेण्डर फारम विक्रिबाट ३ सय रहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७२÷०७३ मा ८ हजार ६ सय ३५ नागरिकता वितरण गरिएको बताए । यसमा ३ सय ८४ बैबाहिक अंगिकृत नागरिकता रहेका छन् । यसरी वितरण गरेका नागरिकता मध्ये कार्यालयबाट ७ हजार ७ सय ४७ वंशजको आधारमा, बैबाहीक अंगिकृत ३ सय ३७, ईलाका प्रशासन कार्यालय नरैनापुरबाट २ सय ७२ वंशज ४६ बैबाहिक अंगिकृत र ईलाका प्रशासन कार्यालय कोहलपुरबाट ५ सय ३२ वंशज र बैबाहिक अंगिकृत १ वितरण गरिएको जानकारी दिए ।
आर्थिक वर्ष ०७२÷०७३ मै ४ हजार ९ सय ८६ ले नागरिकताको प्रतिलिपि लिएका छन् । कार्यालयबाट ४ हजार ९ सय १८, ईलाका प्रशासन कार्यालय नरैनापुरबाट २४ र ईलाका प्रशासन कार्यालय कोहलपुरबाट ४४ रहेको छ ।
प्रमुख जिल्ला अधिकारी पन्थले बाँकेमा हालसम्म नागरिकताको विषयलाई लिएर ६० वटा उजुरी परेकोमा ४ जनाको नागरिकता मन्त्रिपरिषदले खारेज गरेको १ जनाको जिल्ला प्रशासनले र ८ वटा उजुरीको प्रमाण नपुगेकोले तामेलीमा राख्दै बाँकीको अनुसंधान भईरहेको जानकारी दिए ।
उनले वर्षभरीमा बाँकेबाट ६ हजार ९ सय ७० राहदानी सिफारिस गरिएकोमा कार्यालयबाटै ६ हजार २१ सबन्धितलाई वितरण गरिएको, ३ हजार ७५ जनाले द्रुत सेवाबाट राहदानी लिनको लागि सिफारिस दिएको जानकारी दिए ।
बाँकेमा यो वर्ष ६५ नयाँ संस्था दर्ता गरिएको, ८ वटा पक्रिका, १७ हातहतियारको नामसारी, २ सय ३ हातहतियारको नविकरण, ६ पटक छ्ड्के अनुगमन, १ सय २६ नावालक परिचयपत्र बितारण, बजार अनुगमन १ सय २५ पटक, बिबाह दर्ता ४ र ८ वटा दर्ता विवाह (कोर्ट म्यारीज) दर्ता गरिएको तथ्याङ्क उनले दिए ।
उनले आर्थिक प्रशासनतर्फ राहतमा २ जना भुकम्प पीडितका लागि २ लाख ८० हजार, आगलागि चट्याङ्ग हावाहुरी समेतमा १ सय ९१ जनालाई ३१ लाख २३ हजार ९८ रुपैया, द्वन्द्वपीडित वेपत्ता जीवन निर्वाह भत्ता मासिक ७ हजारका दरले ८ जनालाई  ६ लाख ७२ हजार, बैदेशिक रोजगारमा मृत्युको क्षतीपूर्ती ४ जनालाई २ करोड ४९ लाख ३० हजार ५ सय ११, सवारी दुर्घटनावापत तेस्रोपक्ष विमामा १६ जना ८३ लाख ५० हजार वितरण गरिएको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी पन्थले जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षमा १ हजार १५ मुद्दा दर्ता भएको जानकारी दिए । अघिल्लो वर्षको फच्र्यौट हुन बाँकी रहेका ८२ मुद्दा समेत गरी १ हजार ९७ मुद्दा मध्ये  १ हजार २३ वटा मुद्दा फच्र्यौट जानकारी दिए ।
कार्यालयमा आउने केही सार्वजनिक अपराध, १ सय ८६ मा १ सय ४६ फच्र्यौट ४० बाँकी, हातहतियार खरखजाना ६ मा सबै फच्र्यौट, सवारी ज्यानको क्षतिपूर्ती ६० मा ३७ फच्र्यौट, २३ बाँकी, न्यून गुणस्तरको दुषित खाद्य पदार्थ ६ मा ३ फच्र्यौट ३ बाँकी, ठाडो उजुरी ८ सय ३८ मा ८ सय ३१ फच्र्यौट, ७ बाँकी रहेका छन् । उनले यसवर्ष गत आर्थिक वर्षको ७३ मुद्दा फच्र्यौट हुन बाँकी भएर चालु आर्थिक वर्षमा आएको जानकारी दिए । अघिल्लो वर्ष फच्र्यौट हुन बाँकी रहेका ८२ मुद्दा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीपारीका ९ गाविसमा मातृ शिशु स्वास्थ्य परियोजना

१० श्रावण २०७३, सोमबार १३:२७
सदरलाइनडटकम १० साउन, नेपालगन्ज : बाँकेको अति विकट क्षेत्र भनेर चिनिने राप्तीपारीका ९ गाविसलाई लक्षित गरि नवजात शिशु मृत्युदर घटाउन र स्वास्थ्य चौकीमा सुत्केरी गराउनको निमित्त आईएनएफ बाँकेले मातृ शिशु स्वास्थ्य परियोजना कार्यक्रम संचालन गर्ने भएको छ ।   आमा र नवजात शिशुहरुको हेरचाह तथा उनीहरुको सुधारका लागि यस कार्यक्रमले […]