मनमोहन शिक्षण अस्पतालद्धारा आन्दोलन घोषणा

३१ असार २०७३, शुक्रबार १३:५३
 

सदरलाइनडटकमmanmohan ko news
३१ असार, काठमाडौं, : मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । शुक्रबार नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडद्वारा आयोजित विशेष भेलाले विभिन्न मागहरु राखि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
आन्दोलनका कार्यक्रमहरुमा विभिन्न दलका अध्यक्षहरुलाई शुक्रबार नै ज्ञापनपत्र बुझाउने, विभिन्न पार्टीका सदस्यहरुसँग साउन १ गते अन्र्तक्रिया गर्ने, २ गते त्रिवि शिक्षण अस्पताल परिसरमा धर्ना तथा जुलुस लगातार तीन दिनसम्म गर्ने, नीजी मेडिकल कलेज संगठनको आयोजनामा यही ४ गते हुने विरोध कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउने, आगामी सात दिनभित्र आफ्ना मागहरु पुरा नगरे असार ७ गतेबाट डा. विजय पौडेलको नेतृत्वमा आमरण अनशन बस्ने लगायतका छन् । कार्यक्रममा पूर्वअर्थमन्त्री तथा संस्थाका संरक्षक भरतमोहन अधिकारीले यो आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको भन्दै आगामी दिनमा समेत सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने,‘सरकारले मनमोहनलाई मनशाय पत्र दिएर लगानी दिन लगाउने अनि अहिले आएर अन्तिम स्विकृति नदिने भन्ने कुरा हुन्छ, २ हजार ४ सय ३४ जना सेयरधनीहरुको लगानी खेर जान्छ, त्यसैले तत्काल सरकारले स्विकृति दिनुपर्छ ।’ अधिकारीले यो आन्दोलनलाई सबै नेपाली जनताको साझा मुद्दा बनाउनुपर्नेमा जोड दिए ।  त्यस्तै कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र पाण्डेले शैक्षिक क्षेत्र र अर्थतन्त्रको सुदृढिकरण तथा संविधानको मुल भानवनाको रक्षाका लागि आफूहरुले सैद्धान्तिक मागहरु अघि बढाएको दाबी गरे ।
उनले नेकोले अघि सारेका ५ बुँदे मागहरु सार्वजनिक गरेका थिए । ती मागहरुमा संविधानको मर्म अनुसार तीन खम्बे अर्थ नीतिलाई लागु गर्नुपर्ने, सहकारी र नीजी क्षेत्रलाई शैक्षिक क्षेत्रमा प्रतिबन्ध लगाउने शिक्षा ऐनको आठौ संशोधन खारेज गर्नुपर्ने, देशलाई चिकित्सा विज्ञान, ईन्जिनिरियङ् तथा पशु विज्ञान लगायतका प्राविधिक शिक्षामा आत्मनिर्भर बनाउन सरकारी, सहकारी र नीजी क्षेत्र तीनवटै क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने लगायतका छन् ।
कार्यक्रममा एमालेका सहकारी विभाग प्रमुख पशुपति चौलागाँई, संस्थाका उपाध्यक्ष एवम् सांसद डा. वंशिधर मिश्र, उपाध्यक्ष जीवन शर्मा र बरिष्ठ चिकित्सक रामकुमार अधिकारी लगायतले आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ढाईलाख घुससहित कोशेबाली कार्यालयका प्राविधिक अधिकृत अख्तियारको फन्दामा

३१ असार २०७३, शुक्रबार १३:५३
सदरलाइनडटकम ३१ असार, नेपालगन्ज : ढाईलाख घुस सहित कोशेबाली अनुसंधान खजुरा बाँकेका प्राविधिक अधिकृत अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसंधान आयोग मध्यश्चिम क्षेत्रीय कार्यालय सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरले कोसेबाली अनुसन्धान केन्द्र खजुरा बाँकेमा कार्यरत प्राबिधिक अधिकृत (ईञ्जिनियर) बिरेन्द्रकुमार यादवलाई दुईलाख ५० हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो […]

सम्बन्धित