सामुहिक बलात्कारका मुख्य अभियुक्त पक्राउ

५ कार्तिक २०७४, आईतवार २१:३१
 

सदरलाइनडटकम 
५ कात्तिक, नेपालगन्ज : बाँके प्रहरीले माया प्रेमको जालोमा पारी सामुहिक बलात्कार गरी अश्लिल फिल्म बनाई त्यहि फिल्म देखाउदै पीडित माथि बारम्बार बलात्कार गरी फरार रहेका मुख्य प्रतिबादी पक्राउ गरी अनुसंधान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवक्ता तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी प्रेम गर्ने भनेर ललाई फकाई माधक पर्दाथ सेवन गराई साथीहरुको सहयोगमा बलात्कार गरेको अभियोगमा बाँके कोहलपुर नगरपालिका वडा नं १२ बस्ने बर्ष २२ को राजु बुढाक्षेत्रीलाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
अभियुक्त राजुले गत २०७४ जेठ १० गते राती साढे ९ बजेको समयमा आफ्ना साथीहरुको सहयोगमा पीडित परिवर्तित नाम संकेत ६५(४) लाई प्रेम गर्ने भनी बहाना बनाई ललाई फकाई गरि जवरजस्ती करणी गरी अश्लिल फिल्म समेत निर्माण गरेको आरोपमा कोहलपुर प्रहरीले मुद्दा दर्ता गरेको थियोे ।
सो घटनामा राजुकै साथिहरु बर्ष १९ को दिपेश डाँगी र बर्ष २० को सागर शाही समेतले पीडितलाई कोहलपुरको चपरगौडी बजारमा लगि मादक पदार्थ बियर खुवाई तिनै जनाले पीडितलाई कोहलपुर नगरपालिका वडा नं १३ सिम्रीस्थित सामुदायिक जंगलमा लगि जबरजस्ती करणी गरेका थिए । घटना पछि दिपेश र सागर अझै फरार छन् । प्रहरीले उनीहरुको खोजि गरिरहेको जनाएको छ ।
अभियुक्त राजुले सुरुमा जबरजस्ती करणी गरेपछि दिनेश र सागरले मोबाईलबाट अश्लिल भिडीयो बनाई निजहरुले समेत सोही भिडियो पीडितलाई देखाई डर, अनुचित प्रभावमा पारी सामुहिक जबरजस्ती करणी गर्ने गरेको र सो घटनाको अश्लिल भिडियो सार्बजनिक भए लगत्तै प्रहरीलाई घटनाबारे पीडितको तर्फबाट जानकारी गराए लगत्तै पीडकहरु उपर ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा भदौ १७ गते प्रहरीले सामुहिक जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।
सो घटनामा संलग्न अभियुक्तहरु भागि फरार भएकोमा प्रहरी टोलीले निजहरुको खोज तलासको क्रममा कात्तिक ३ गते अभियुक्त राजुलाई बर्दिया जिल्लाको बासगढी एरियामा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बाँके जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान सुरु भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अस्पतालबाट मोवाईल चोर्ने मोबाईल चोर पक्राउ

५ कार्तिक २०७४, आईतवार २१:३१
 सदरलाइनडटकम  ६ कात्तिक, नेपालगन्ज : अस्पतालमा विरामी तथा बिरामी कुरुवाको आँखा छलेर मोवाईल चोर्ने एक जनालाई चोरीका ३ मोवाईल समेत नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जबाट मोबाईल चोर्दै गरेको […]