बर्दियामा ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु, १७ घाइते

सदरलाइन संवाददाता २९ माघ २०७८, शनिबार १५:०२
 

नेपालगञ्ज : बर्दियाको बाँसगढीमा दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बाट बाँसगढी ४ बठुवा गाँउमा दुलही फर्काउन आएको भे २ त १३१६ नम्बरको ट्रयाक्टर शनिवार दिउँसो १२ बजे तिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा जाने चोकमा पल्टिँदा दुर्घटना भएको हो ।


दुर्घटनामा परी गम्भिर घाईते ठाकुरबाबा ७ का १५ बर्षीय सुमन थारुको उपचारका क्रममा कौशिल्या मेमोरियल अस्पताल बाँसगढीमा मृत्य भएको छ ।

दुर्घटनामा घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा र एक जनाको कौशिल्या अस्पताल बाँसगढीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय मोतीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा नं १८ द्वारा जेष्ठ नागरिकलाई कम्बल बितरण

२९ माघ २०७८, शनिबार १५:०२
नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ ले जाडो तथा शितलहर बाट बच्नका लागि माघ २९ गते वडा भरीका ६० बर्ष भन्दा माथीका सम्पुर्ण स्थाई बसोबास गर्ने जेष्ठ नागरिक तथा अपांगलाई कम्बल बितरण गरेको छ । वडा नं १८ बाट नागरिकता प्राप्त गरेका वडाबासीले नागरिकता तथा अन्य जिल्ला बाट नागरिकता […]