विद्यालय शान्ति क्षेत्रसम्वन्धी १४ बुंदे सामुयिक प्रतिवद्धता

१७ असार २०७३, शुक्रबार ०५:४३
 

सदरलाइनडटकम
१६ असार, कालिकोट   :    कालिकोटका राजनीतिक दल र शैक्षिक सरोकारवालाहरुले विद्यालय शान्ति क्षेत्र घोषणा गर्न सामुयिक प्रतिवद्धता गरेका छन । जिल्लाको शैक्षिक अवस्था राजनीतिक कारणले अस्त ब्यस्त भएको प्रति गम्भीर चासो राख्दै जिल्लाका राजनीतिक दल र शिक्षा क्षेत्रका सरोकारवालाहरुले विद्यालय शान्ति क्षेत्र घोषणा–२०७३ जारी गर्दै १४ वुद्धे सामुयिक प्रतिवद्धता जनाएका हुन ।
जिल्ला शिक्षा कार्यलय कालिकोट र किर्डाक नेपालको सयुक्त आयोजनामा सम्पन्न वैठकमा प्रतिवद्धता अद्यावधिक गदै विद्यालयलाई शान्ति क्षेत्र घोषणाका लागि जिल्लाका सबै राजनीतिक दल र शैक्षिक सरोकारवालाहरुले ब्यवहारीक रुपमा कार्यन्वयन गर्नका लागि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका हुन ।
विद्यालय शान्ति क्षेत्र घोषणा–२०७३ मा प्रतिवद्धता जनाउदै जिल्ला न्यायाधीस केशवराज पाण्डेले सबैका छोरा छोरी विद्यालयमा पढ्ने भएकाले विद्यालयलाई सान्ती क्षेत्र घोषणा गर्दा सबैको घरमा पनि सान्ती हुने वताए ।
न्यायाधीस पाण्डेले जिल्लाका सरोकारवालाहरुले २०७१ सालमा विद्यालय शान्ति क्षेत्र घोषणासम्वन्धीको सामुयिक प्रतिवद्धता गरेको भएपनि आफु जिल्लामा वस्दा धेरै पटक स–साना विद्यार्थी राजनीतिक दलको कार्यक्रममा सामेल हुने गरेको वताए ।
उनले केही विद्यार्थीलाई आफुले कता आएको भनेर प्रश्न पनि गर्दा उनीहरुले नेताको भाषण सुन्नुपर्छ भनेर सरहरुले गाडी चडाएर मान्म पुगाएको आफुलाई जवाफ दिएको वताए ।
अनुशासन र इमान्दाारिता भनेको त्यो हो जो आफैले प्रतिवद्धता गरेका कामको आफै कार्यन्वयन गरेर समाजलाई सचेत वनाउने । उनले दुई वर्ष अगाडि जिल्लाका राजनीतिक दल र शैक्षिक सरोकारवालाहरुले गरेको प्रतिवद्धतालाई कटाक्ष गदै कार्यन्वयन गर्न नसकिने भए किन हस्ताक्षर गर्ने भनेर प्रश्न समेत गरे ।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला शिक्षा अधिकारी वावुराम काराखेतीले जिल्लाका सबै सस्थागत तथा सामुदायिक विद्यालयमा दरवन्दी कायम गर्न आफु तयार रहेको भन्दै सरकारको नुन खाएका हामी सबै शिक्षकहरुले प्रचलित ऐन नियम र कानुनमा रहेर काम गर्नु पर्ने वताए ।
उनले शैक्षिक क्षेत्रमा राजनीतिक गतिबिधिले ढाकी सकेको भन्दै यस्तो अवस्थालाई कम गर्न तपाई शैक्षिक क्षेत्रका नेताहरुको सहयोगको अपेक्षा गरेको भन्दै सहयोग गरेर जिल्लाको शैक्षिक सुधारका लागि विद्यालय शान्ति क्षेत्र घोषणा सरकारले ल्याएको निति भएकाले कायन्यन पनि सरकारी माना खाएकाबाट सुरु गर्नु पर्ने भने । उनले असाध्यै भावुक भएर भने ‘आजसम्म जे भयो भयो अव संसोधित शिक्षा ऐनमा टिकेर आफुले जस्तो सुकै चुनौतिको सामाना गरेर भएपनि सरकारी योजना कार्यन्वयन गर्नेछु ।’
प्रतिवद्धता पत्रमा हस्ताक्षर गदै कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले विद्यालय शान्ति क्षेत्र घोषणाका लागि कर्णाली विकास आयोग मार्फत सहयोग गर्न तयार रहेको वताए । उनले सरकारी नीतिलाई कार्यन्वयन गर्न सरकारका संरचना र शैक्षिक सरोरकारवालाहरुको कर्तब्य भएको भन्दै यो कर्तब्य सबैले निर्वाह गर्न आग्रह गरे ।
एमाले अध्यक्ष नगेन्द्र शाहीले सबैका लागि राम्रो हुन नसकिने भन्दै सहि कामका लागि कसैको गाली खान पनि आफु तयार रहेको वताए । उनले राजनीतिक गर्ने ठाउमा गर्न आग्रह गदै विद्यालयमा गएर राजनीतिक कुरा गरि भविश्यका राज नेता वन्ने वालवालिकाहरुको भबिश्य कसैले बिगार्न नहुने वताए । लामो समयदेखि शैक्षिक गुणस्तर वालपोषण र वालअधिकारको क्षेत्रमा काम गदै आएको अन्तराष्ट्यि गैरसरकारी सस्था सेभ द चिल्ड्ेनका बिजय बिकले विद्यालयमा शान्ति भए घरमा पनि शान्ति हुने भन्दै विद्यालय शान्ति क्षेत्र घोषणामा जुन सुकै सहयोग पनि आफुहरु गर्न तयार रहेको वताए ।
कार्यक्रममा जिल्लाका सबै राजनीतिक दल, पत्रकार नागरिक समाज, जिल्ला शिक्षा कार्यलयका अधिकारीका साथै बिभिन्न विद्यालयका शिक्षक तथा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भू–माफियाको आँखा सार्वजनिक जग्गामा : कार्यकारी अधिकृत सापकोटा

१७ असार २०७३, शुक्रबार ०५:४३
सदरलाइनडटकम १७ असार, भक्तपुर :  मध्यपुरथिमी नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले भू–माफियाको आँखा सार्वजनिक जग्गामाथि परेको दावी गरेका छन् । क्रियाशिल पत्रकार मञ्च भक्तपुरले शुक्रबार आयोजना गरेको ‘मध्यपुरथिमि नगरपालिकाको विकास, चूनौती, अवसर र संचारकर्मीको भूमिका’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले भू–माफियाले सार्वजसनक जग्गा हडप्न थालेको बताए । उनले भने–‘भू–माफियाहरुले सार्वजनिक […]