धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गरिनु पर्छ : कांग्रेस महामन्त्री कोईराला

२४ कार्तिक २०७३, बुधबार ०५:५०
 

सदरलाइनडटकम, IMG_1865
२४ कात्तिक, नेपालगन्ज : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले धर्म निरपेक्षताको बारेमा जनमतसंग्रहद्वारा निर्णय गर्नु पर्ने बताएका छन् । नेपालगन्जमा बुधबार बिहान प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महामन्त्री कोईरालाले सो कुरा बताएका हुन ।
उनले भने–‘ठूलो समुहमा एउटा धर्मका अनुयायी भएको मुलुकमा धार्मिक स्वतन्त्रता हुनुपर्छ । तर त्यसको लागि भने जनमत संग्रह मार्फत टुंंगो लगाउनु पर्छ ।’ उनले धर्मको विषयमा संविधान कार्यान्वयन संगै मुलुकमा हुने तीनतहका निर्बाचनको पछि यो विषयलाई पनि टुंग्याउनु पर्नेमा जोडदिए ।
उनले नेपालमा हिन्दी भाषालाई राष्ट्रिय भाषा बनाउन नसकिने बताउदै भने–‘नेपालमा रहेका सबै जातजातिले बोल्ने भाषालाई नै मान्यता दिनुपर्छ । पहिलो भाषा नेपाली र अन्य सबै थारु, अवधी, मैथली, भोजपुरी लागयतका सम्पूर्ण जात जातिले बोल्ने भाषालाई नै कामकाजी भाषा बनाउनु पर्छ । तर, हिन्दी भाषा हुँदैन ।’
उनले संविधान संशोधनको बुँदामा अंगिकृत नागरिकले १० वर्ष पछि मुलुकका सबै क्षेत्रमा जान पाउने अधिकारको आफु विपक्षमा रहेको बताए । उनले भने–‘अंगिकृतलाई मुलुकको प्रधानमन्त्री, राष्ट्रपति, सर्वोच्च अदालतको मुख्य न्यायधिश लगायतका संबैधानिक निकाय, प्रदेश प्रमुख लगायतमा प्रमुख बनाउन सकिदैन ।’
उनले अन्तराष्ट्रियस्तरमा समेत अंगिकृत नागरिकलाई मुलुकको प्रमुख पदमा जान रोक लगाईएको स्पष्ट पार्दै भने–‘ यो बारेमा कंग्रेसले अधिकारीक निर्णय गर्न बाँकी नै छ । तर, मेरो व्यक्तिगत धारणा भने नेपालमा हिन्दी भाषालाई राष्ट्रिय मान्यता र अंगिकृत नागरिकलाई मुलुकको सर्वोच्व पदमा पुराउन हुँदैन भन्ने छ ।’
उनले संविधान कार्यान्वयनको लागि पछिल्लो समयमा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रका अध्यक्षहरुबीच दिनहुँ जसो छलफल भएको र उनीहरुबीचमा संविधान संंशोधनको विषयमा समेत सहमति भएको दावी गर्दै भने–‘तीन दलका नेताहरु दिनहुँजासो एक ठाँउमा बस्नु भएको छ । संविधानको कार्यान्वयनको लागि छलफल भएको छ । तर, मधेशी मोर्चा र अन्यदलका शिर्ष नेताहरुसंग पनि सहमति खोज्न आवश्यक देखिएको छ ।’
काँग्रेस महामन्त्री डा. कोईरालाले संविधानको कार्यान्वयनको पहिलो खुड्किलो तीन तहको निर्वाचन निर्धारित समयमै गरिनु पर्ने रहेकोले सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन गरिनु पर्नेमा जोड दिए ।


IMG_1852

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संगैसिकौ संगैबढौ कार्यक्रमले बालबालिकामा सिकाई बृद्धि भएको दावी

२४ कार्तिक २०७३, बुधबार ०५:५०
सपना विष्ट/सदरलाइन,    २६ कात्तिक, नेपालगन्ज: विश्व शिक्षाको आर्थिक सहयोगमा वेस बाँकेको सञ्चालनमा रहेको ‘संगैसिकौ संगैबढौं’ कार्यक्रम अन्तगत आर्थिक शिक्षा तथा जिविकोपार्जन कार्यक्रमको जिल्ला स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ । ब्याकवार्ड सोसाईटी बेसले बाँकेको बैजापुर, दाङ्गको डुरुवा र मानपुर गाविसमा सन २०१३ को अप्रेलदेखि २०१६ नोभेम्बरसम्म सञ्चालन गरेको संगैसिकौ […]

सम्बन्धित