बाँकेमा १ लाख बराबरको अवैध सामान बरामद

सदरलाइन संवाददाता २७ माघ २०७९, शुक्रबार १३:३४
 

नेपालगञ्ज : बाँकेमा भान्सार छलि ल्याइएको १ लाख बराबरको सामान बरामद गरेको छ । बिहीबार नेपालगञ्ज उप–महानगरपालिका वडा नं.४ बसपार्कस्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याइएको १ लाख बराबरको सामान वडा प्रहरी कार्यालय नेपालगञ्जले बरामद गरेको हो ।

अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खाटिएका प्रहरी नावय निरीक्षक राजेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलिले बरामद गरेको हो ।


कुर्ता सुरुवाल ४३ थान, सारी ९ थान, कोट पाईन्टको काँचो कपडा २ थान, कुर्ती २२ थान, पलाजु ३० थान र लेगिज ५ थान बरामद गरिएको प्रहरी नावय निरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

बरामद गरिएको सामानको मुल्य करिब १ लाख २ हजार ४ सय रुपैयाँ रहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा जथाभावी फोहोर फाल्नेलाई जरिवाना

२७ माघ २०७९, शुक्रबार १३:३४
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाले तोकिएका स्थान बाहेक अन्य ठाउँमा फोहोर फाल्नेलाई कारबाही सुरु गरेको छ । कोहलपुर नगरपालिका –११ स्थित रेडक्रस चोक पछाडि सडक छेउमा फोहोर फाल्नेक्रममा नमस्ते मिटअप पसलका प्रकाश पोखरेललाई कारबाही गरिएको नगरप्रहरी प्रमुख बीरबहादुर थापाले जानकारी दिए । पोखरेलले भे५प ४६८१ नम्बरको स्कुटीमा फोहोर ल्याई सडक […]