किया मोटर्स ‘थ्रीएस’ सेवाका साथ नेपालगञ्जमा

२५ बैशाख २०७६, बुधबार १८:५०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  किया मोर्टसले सेल्स, सर्भिस र स्पेर पार्टस ‘थ्रीएस’ सेवाका साथ नेपालगञ्जको राँझा चोक नजिकै नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
बुधबार किया मोटर्सका आधिकारिक विक्रेता तथा वितरक कन्टिनेन्टल ट्रेडिङ्ग ईन्टरप्राईजेजका अध्यक्ष सुरित घिमिरे र नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्यले शो रुमको उद्घाटन गरे ।
किया मोटर नेपाली बजारमा सफलताको साथ विक्रि बितरण हुँदै आएको विश्वविख्यात कोरियन कार ब्राण्ड कम्पनीको नेपालगञ्जका लागि अटोरान्च प्रालिद्वारा विक्रि वितरण गर्ने छ ।
नेपालगञ्ज शो रुमका सञ्चालक अपुर्व सिंहका अनुसार डिजल, पेट्रोल र विद्युतिय गरी तिनै किसिमका विभिन्न मोडलमा गाडिहरु उपलब्ध हुने छन् ।
अटोरान्च प्रालिका बजार व्यवस्थपक सुमन गिरिले पिकान्टो ३५ लाखदेखिका निरो विद्युतिय ५७ लाखदेखि र स्र्पोटेज ७० लाखदेखि १ करोड ४० लाख सम्मका विभिन्न मोडलका गाडिहरुका साथै स्पेयर पाटर्स र सर्भिस समेत एकै छनामा मुनिबाट दिने गरी अत्याधुनिक शो रुम सञ्चालनमा ल्याईएको जानकारी दिए ।  

Next Post

बाँकेमा अत्याधुनिक स्टिल उद्योग सञ्चालन हुँदै

२५ बैशाख २०७६, बुधबार १८:५०
सदरलाइनडटकम, जानकी (बाँके) : नेपालगञ्जमा दैनिक सातसय मेट्रिक टन छड उत्पादन गर्ने गरी अम्बे समूहले अत्याधुनिक जय अम्बे स्टिल्स उद्योग सञ्चालन गर्दैछ । उद्योगले यहि असारदेखि उत्पादन शुरु गर्ने उद्योग प्रबन्धक अनुज कुमार श्रेष्ठले जानकारी दिए । बाँकेको जानकी गाउँपालिकामा १० विघा क्षेत्रफलमा सञ्चालन हुन लागेको स्टिल्सको भौतिक निर्माण कार्य […]