भू–माफियाको आँखा सार्वजनिक जग्गामा : कार्यकारी अधिकृत सापकोटा

१७ असार २०७३, शुक्रबार १३:५९
 

index


सदरलाइनडटकम
१७ असार, भक्तपुर :  मध्यपुरथिमी नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले भू–माफियाको आँखा सार्वजनिक जग्गामाथि परेको दावी गरेका छन् ।
क्रियाशिल पत्रकार मञ्च भक्तपुरले शुक्रबार आयोजना गरेको ‘मध्यपुरथिमि नगरपालिकाको विकास, चूनौती, अवसर र संचारकर्मीको भूमिका’ विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उनले भू–माफियाले सार्वजसनक जग्गा हडप्न थालेको बताए ।
उनले भने–‘भू–माफियाहरुले सार्वजनिक जग्गा हडपेर जग्गा प्लानिङ्ग गर्ने र बिक्री गर्न थालेका छन्, त्यसलाई रोक्न नगरपालिकाले सार्वजसनक जग्गा संरक्षण अभियान सुरु गरेको छ ।’ सार्वजनिक जग्गा मिचेर जग्गा प्लानिङ्ग गर्ने, नगरपालिकाको अनुमति विना मापदण्ड विपरित जग्गा प्लालिनङ्ग गर्ने तत्वले कार्यालय मै आएर धम्की दिन थालेपछि कार्यकक्ष मै सिसि क्यामररा जडान गर्नुपरेको बताए ।
ब्यबस्थित वस्ती विकास, मापदण्ड विपरितको घर एवं संचरनाको नियमन, फोहोर व्यबस्थापन गर्ने कार्य नगरपालिकाले अगाडि बढाएको उनले बताए । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका बरिष्ट कानून अधिकृत केशव सिलवालले नगरपालिकासंग फोहोर व्यबस्थापन, दल र कर्मचारीसंगको तालमेल मिलाउने र अब्यबस्थित जग्गा प्लानिङ्ग चुनौती बन्दै आएको बताउँदै यस्ता विषयलाई संचारकर्मीले उजागर गरिदिनुपर्नेमा जोड दिए ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष सोम शर्मा (बजगाई)ले नगरपालिका सुशासन र पारदर्शी भएर जनसहभागिता मूलक कार्यक्रम लिएर जानु पर्नेमा जोड दिए । मध्यपुर सञ्चार समाजका अध्यक्ष हरिबहादुर श्रेष्ठले विकासका कार्यक्रम ठेकेदारहरुलाई दिनुभन्दा उपभोक्तालाई दिए बलियो र पारदर्शी हुनेमा जोड दिए ।
कार्यक्रमका सभापति एवं क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय निकायले संचारकर्मीलाई खुलस्त रुपमा सूचना प्रवाह गर्नुपर्नेमा जोड दिदै सूचनाको जानकारी नै नदिने प्रबृत्तिलाई तयाग्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गविस सचिव र विद्यालयका प्रधानाध्यापक भन्छन : ‘उमेर बढाएर सिफारिस माग्न आउनेले हैरान पारे’

१७ असार २०७३, शुक्रबार १३:५९
रुद्र सुवेदी/सदरलाइनडटकम १९ असार, नेपालगन्ज :  उमेर नै नपुगेका आफ्ना सन्ततिको उमेर बढाएरै भए पनि नागरिकता र राहदानी बनाउने उद्देश्यले सिफारिस लिन विद्यालयका प्रधानाध्यापक तथा गाविस सचिवलाई अभिभावकले दै दवाव दिने गरेको पाईएको छ । मानव दलालको विगविगिको कारण अभिभावकहरु आफ्ना उमेर नै नपुगेका बालबालिकाको उमेर बढाएर नागरिकता बनाउदै राहदानी […]

ताजा अपडेट