१२ वर्षिय बालकको काँधमा ढाई महिनाकी बहिनीसहित छ जनाको अभिभावकिय जिम्मेवारी

२ श्रावण २०७४, सोमबार २०:०२
 

सदरलाइन / रुद्र सुवेदी
२ साउन, नेपालगन्ज : पढ्ने, खेल्ने, कुद्ने र मस्ती गर्ने उमेरमा कोहलपुर नगरपालिका–४ बेलनपुरका १२ वर्षिय मोहम्मद.तौसिब खाँ बेडुवाको काँधमा अढाई महिनाकी बहिनीसहित ६ जनाको भरण पोषणको जिम्मेवारी आई परेको छ । गत असार २६ गते राती तौसिबका बाबु मो.अब्ताफ बेडुवाले आमा गुल्शन बेडुवाको घाँटी रेटेर हत्या गरेपछि आफुसहित ३ बहिनी र दुई भाईको जिम्मेवारी तौसिबको काँधमा आएको हो ।
तौसिबका १० वर्षका भाई मो सुशील खाँ बेडुवा, ८ वर्षका भाई मो तसलिम खाँ बेडुवा, बहिनीहरु ६ वर्षिया ईस्मा खाँ बेडुवा, ४ वर्षिया ईल्मा खाँ बेडुवा र अढाई महिनाकी रहिश्मा खाँ बेडुवा छन् । बाबुले आमाको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेपछि घर परिवारले वास्ता नगरेको कारण आफुसहित तीन बहिनी र दुई भाईको अभिभावकिय जिम्मेवारी तौसिबको काँधमा आई परेको हो ।
घरमा ठूलो बा दुई काकाका साथमा बाजे बजै भएपनि घटनाको दिनदेखि नै बाजे, ठूलो बा र काकाहरु फरार भएको घरमा भएकी बजैले वास्ता नै नगरेकोले घरको नजिकै रहेको मावलीको संरक्षणमा पुगेको बताए ।
उनले भने–‘बुवाले आमालाई मारेपछि सबै घरछोडेर भागे घरमा भएकी बजैले पनि हेरचाह नगरेकोले नजिकै रहेको मावलीमा बसेका छौ ।’ घटनाको एकदिन अघि आमा गुल्शनले घरमा रहेको कवाड फलामे छड बेचेर आँप किनेर आफुहरुलाई खान दिएको निहँुमा बुवाले आमालाई कुटपिट गरेको र अर्कोदिन भारतको बहराईचमा ‘पीर’ बाबाको मजारमा कसम खान हिड भनेर लिएर गएको बताए ।
उनले घटना सम्झदै भने–‘ हत्यको एकदिन अघि कवाड सरीया (छड) बेचेर आँप किनेको अर्को दिन विहान बहराईच पीर बाबाको मजारमा कसम खान जान भनेर साईकलमा बुवा आमा र सानी बहिनी हिडे म पनि पछिपछि लागे तर मलाई बुवाले लखटेपछि घर फर्किए ।’ उनले बुवालाई घरबाट निस्कने बेलामा कान्छी आमाले बुवालाई केही हतियार जस्तो दिएकोे देखेकोले आफु पछिपछि लागेको बताए ।
मृतक गुल्शनका बुवा शौकत अलि खाँ बेडुवाले आफ्नै भान्जासंग गुल्शनको विबाह गरि दिएका थिए । माईती र घरको दुरी ५ सय मिटरमा आफ्नै सहोदर दिदिको छोरा मो. अब्ताबसंग विबाह गरेपनि अब्ताबले कान्छी श्रीमती नल्याउदासम्म उनीहरुको सम्बन्ध राम्रै रहेको तर, अब्ताबले कान्छी श्रीमती भित्र्याए पछि उनीहरुको सम्बन्ध चिसिदै आएको गुल्शनका बुवा शौकत बताउछन् । उनले भने–‘कान्छी नल्याउदासम्म सामान्य थियो । कान्छी ल्याएपछि छोरीलाई अत्यन्तै दुख दिन थाल्यो चार वर्षदेखि छोरी र नातीनातिनीहरुको खाना खर्चदेखि लत्ताकपडा समेत घरबाटै पठाई दिदै आएको थिए ।’
२८ वर्षिया छोरी गुल्शन बेडुवालाई गुमाएका शौकतले गुल्शन र अब्ताब बहराईच जान बिहानै घरबाट हिडेको भए पनि शौकतका साला जानअली बेडुवाले साँझ ४ बजे फोन गरेपछि मात्र जानकारी पाएका थिए । उनले भने–‘खेतमा धानको विउ काढ्दै थिए सालो जान अलिको फोन आयो गुल्शन र अब्ताब बहराईच पीर मा कसम खान जाँदै छन भनेर घडि हेरे जाँउ भने त्यहाँसम्म पुग्ने गाडि भेटाउन सक्ने समय थिएन गएन तर छोरीलाई दुष्टले मार्छ भन्ने पनि लागेको थिएन नहुने भैगयो ।’
अढाई महिनाकी नातिनी काखमा लिएकी गुल्शनकी आमा जुवेदन बेडुवाले भनिन–‘ ज्वाईले कान्छि विबाह गरेपछि छोरीलाई दुख दिन थाल्यो ६ वटा बच्चा भई सकेको अवस्थामा विबाहित छोरीलाई कसरी माईती घरमा राखौ भनेर सकेको सहयोग गरेको थिए । तर, के गर्ने दुष्टले छोरीको ज्यानै लियो नाती नातिनीको विचल्ली पा¥यो ।’
उनले नातीनातिनीले आमा खोज्छन के भन्नु जेठो र माइलो नाती त बुझ्ने भएका छन् कान्छो नाती र नातिनीहरु आमा खोजेर हैरान पारेको बताईन । ‘सानी बच्चिले आमाको दुध खोज्छे, कान्छो नाती र दुई नातिनीले आमासंग जान्छु भनेर हैरान पार्छन उनीहरुलाई कसरी सम्झाउने’–गहभरी आँशु पार्दै उनले भनिन ।
ज्यामी काम गर्ने अब्ताब गाँजा र अन्य लागु औषधका अम्मली रहेका थिए । गुल्शनले २५ असारमा घरमा रहेको कवाड सरिया बेचेर बच्चाहरुलाई आँप खुवाएको भन्दा भन्दै पनि कुटपिट गरेका थिए । २६ गते विहान उठेर फेरी सरियाको खोजी गर्दै कुटपिट गर्दै बहराईच ‘पीर’ मा जाउ हिड भनेपछि सधैको कुटपिट भन्दा जान्छु भनेर काखमा रहेकी छोरी च्यापेर अब्ताबको पछि लागेकी थिईन । बाटोमा ठाँउ ठाँउमा कुटपिट गरेको शरिर भरी घाउ र निलडाम थियो ।
घटना सम्झदै गुल्शनका बुवा शौकतले भने–‘ बिहान ९ बजेतिर बहराइच जाने भनेर निस्केछन । गोहा गाउमा रहेको एक पसलमा समेत झगडा गरेर आफु साईकलमा हवल्दारपुर बस्छु त आईजा भनेर गएको पछिपछि खुट्टामा चप्पल समेत नलगाई काखमा छोरी च्यापेर हवल्दारपुरको पेट्रोल पम्पसम्म पुगेको थाहा पाए बहराईच गएकी गएनन थाह भएन ।’
गुल्शनको हत्या गरेर उसको पति अब्ताब ईलाका प्रहरी कार्यालय कोहलपुर पुगेपछि अब्ताबका घर परिवार एकाएक फरार भएको र उनीहरु गुल्शनको अन्तिम संस्कारमा समेत सहभागि नभएको कोहलपुर नगरपालिका वडा नं.४ का वडा अध्यक्ष सुरज जागाले बताए ।
उनले भने–‘हथकडी लगाएको अवस्थामा लिएर प्रहरीले मेरो घरको बाटो हुँदै अब्ताबलाई ल्याएको थियो म पनि सोही बेलामा घटनास्थल पुगेको थिए त्यहाँ पानीले भरिएको खाल्टोको डिलमा सानी बच्चि कसरी अडिएकी थिई त्यसमा पनि पानीले भिजेर कठांग्रीयको अवस्थामा भेटिएकी थिई ।’ उनले आफुले समातेर काखमा राख्दा पनि नभएपछि महिला प्रहरीले काखमा राखेर न्यानो दिएर बचाएको बताए ।
वडा अध्यक्ष जागाले छोराले बुहारीको हत्या गरे पनि अब्ताबको आमा बुवादेखि घरका अन्य सदस्य कोही पनि अन्तिम संस्कारको काममा होस वा पोष्टमार्टमदेखि घरमा ल्याउने कार्यमा सम्म कोही पनि सहभागि नभएको बताए । गुल्शनको अन्तिम संस्कार ईस्लामिक प्रचलन अनुसार माईतीले गरेको छ । करिब ५०/ ६० हजार खर्च भएको होला सबै सरसापट गरेर चलाएको आफलाई जानकारी भएको वडा अध्यक्ष जागाले बताए ।
मृतक गुल्शनका आमाबुवा र छोराछारीले आफुहरुको सुरक्षा तथा भरणपोषणको व्यवस्था गरिदिनको लागि प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थलाई भेटेका छन् । भेटका अवसरमा मृतक गुल्शनका पिता शौकतले नातीनातिनीको सुरक्षा तथा उनीहरुको भरणपोषणको व्यवस्था मिलाईदिन अनुरोध गरेका थिए ।
यसैबीच बाँकेका महिला अधिकारकर्मीहरुले गुल्शन बेडुवाको हत्याको सत्यतथ्य सार्वजनिक गर्न, दोषिलाई कडा कारवाही र मृतकका बालबच्चाको उचित भरण पोषणको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । सो ज्ञापन पत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले अफुले सबन्धित निकायमा पठाई दिने, घटनाको निष्पक्ष अनुसंधान गरीने र बालबालिकाको भरण पोषणको लागि जिल्ला बालकल्याण समिति मार्फत पहल गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुक्तिका १७ वर्ष पुग्दा पनि औपचारिकता मै सिमित मुक्त कमैया दिवस

२ श्रावण २०७४, सोमबार २०:०२
सदरलाइन / सपना विष्ट २ साउन, नेपालगन्ज : नेपाल सरकारले कमैया मुक्त घोषणा गरेको १७ वर्ष बिते पनि मुक्त कमैयाको व्यवस्थापन गर्न सकेको छैन । १७ वर्ष अघि अहिले कै प्रधानमन्त्री शेरबहादुर देउवाले २०५७ साल श्रावण २ गतेका दिन बाँक,े बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरमा रहेका सम्पुर्ण कमैयालाई मुक्त भएको […]