उपभोक्ताको मन पारीकै बजारमा

१८ बैशाख २०७५, मंगलवार १६:२४
 

सदरलाइनडटकम
१८ बैशाख, नेपालगन्ज :  नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय बजार व्यवस्था सम्बन्धि संरचना तथा स्वदेशी उत्पादनका विषयमा पर्याप्त जानकारी गराउन नसक्दा न्यूनतम मूल्यका सामान खरीद गर्न समेत सीमापारी भारतीय बजारमा नेपाली उपभोक्ताको घुइचो लाग्ने गर्दछ ।
‘हामीले बुझाउने प्रयास नगरेको पनि होइन, तर सीमापारी भारतीय बजारमा सबै सामान सस्तो पाइन्छ भन्ने पुरानो मानसिकतावाट नेपाली उपभोक्ता अभैm मुक्त हुन सकेका छैनन’—नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने । उनले स्वदेश उत्पादनमै उपभोक्ताको मन लगाउन प्रचरात्मक कार्यक्रम गरिरहेको बताएका छन् ।
एकिन तथ्यांक नभए पनि बाँके जिल्लाको नेपाल—भारत सीमाको भारतीय बजार रुपैडिहामा प्रत्येक दिन करीब लाखौं मुल्य बराबरको विभिन्न घरायसी सामान नेपाली उपभोक्ताले खरीद गरेर ल्याउने गरेका छन् ।
अझ बिडम्बना त के छ भने, नेपालस्थित बहुराष्ट्रिय कम्पनीवाट उत्पादित सामान नेपालमै सस्तो पाइने भएपनि भारतमा सबै सामान सस्तो पाइन्छ भन्ने मानसिकतावाट मुक्त नभएका उपभोक्ताहरु त्यस्ता सामान भारतीय बजारवाट महंगोमा खरीद गरेर ल्याउने गर्दछन ।
नेपाली उपभोक्ता दैनिक हजारौको संख्यामा भारतीय बजार रुपैडिहामा सामान खरीद गर्न जाने गर्दछन । रुपैडिहावाट उनीहरुले खरीद गरी भंसार नतिरेर ल्याएको सामानले दैनिक लाखौंको राजश्व घाटा सरकारलाई हुने गरेको छ भने नेपालगन्जका व्यापारी पसलमा ग्राहक कुर्दै बस्नु पर्ने नियती भोग्न बाध्य छन् ।
अर्कोतर्पm नेपालगन्जका व्यापारीहरु भने आप्mनो पसलमा बिहानदेखि साँझसम्म ग्राहक कुरेर बसेको उदेक लाग्दो अवस्था देखिन्छ । नेपाली उपभोक्तालाई सचेत बनाउन हामीले नेपालगन्जका विभिन्न स्थानमा ‘स्वदेशी उत्पादनलाई सघाउ, भारतीय बजारमा पाइने सामान स्वदेशमै सस्तो पाइन्छ…..’ लगायतका नारा लेखिएको ‘होर्डिङ्ग बोर्ड’ राखेका छौ, तर भंसार कार्यालयले रुपैडिहावाट सामान खरीद गर्ने उपभोक्तामाथि कडाई नगरेका कारण नारा अर्थहिन हुदै गएको छ’—संघका अध्यक्ष बैश्यको आक्रोस थियो ।
बाणिज्य संघले नेपाली उपभोक्तालाई सामान खरीदका लागि सीमापारी रुपैडिहा बजार जान रोक लगाउन उपभोक्ता मञ्च लगायत सरोकारवाला निकायसंग पटक—पटक छलफल गरे पनि परिणाम सोचे अनुरुप हुन सकेको छैन ।
भंसार कार्यालयको उदासिनता, संघको उपभोक्तालाई सचेत पार्न नसक्ने लाचारी र ठोस सरकारी नीतिको अभावमा आर्थिक रुपमा नेपालगन्जका व्यापारी सुक्दै र भारतीय बजार रुपैडिहाका व्यापारी फुक्दै गएको यस्तो बिडम्बनापूर्ण अवस्थावाट त्राण पाउन सामूहिक प्रयास आवश्यक देखिन्छ ।

Next Post

भेरी बबई बहुउदेश्य आयोजनामा तालबन्दी

१८ बैशाख २०७५, मंगलवार १६:२४
सदरलाइनडटकम १८ बैशाख, नेपालगन्ज : राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने भेरी बबई बहुउदेश्य आयोजनाको कार्यालयमा मंगलबार तालाबन्दी गरिएको छ । प्रभावित क्षेत्रको विकास र कामदारहरुको सुविधाको बिषयलाई लिएर तालबन्दी गरिएको हो । आयोजना सुरु हुनुपूर्व आयोजना प्रभावित क्षेत्र सुर्खेत भेरीगंगा—५ को हात्तीखाल र गेरवानी गाउँका सर्बसाधारण र आयोजनामा कार्यरत कर्मचारीहरुले तालाबन्दी […]