नेपालगञ्ज : प्रहरी प्रधान कार्यालयले बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरको सरुवा गरेको छ । उनको ठाउँमा एसपी सुवासचन्द्र बोहरालाई पठाएको छ । बाँकेमा केहि दिनअघि हिन्दू–मुस्लिम वीच सद्भाव विग्रिएको थियो ।
शान्ति सुरक्षामा चुकेपछि कारवाही स्वरुप एसपी राठौरलाई हटाइएको प्रहरी स्रोतले जनाएको छ । त्यसैगरी, सर्लाहीका प्रहरी प्रमुख नरेशराज सुवेदीलाई हटाएर उनको ठाउँमा प्रवीण धिताललाई पठाइएको छ । सर्लाही जिल्लामा पनि केहिदिन अघि हिन्दु–मुस्लिम बीच सद्भाव बिग्रिएको थियो ।
शान्ति सुरक्षामा चुकेपछि कारबाहीस्वरूप उनलाई पनि हटाइएको प्रहरी स्रोत बताउँछ । गृह मन्त्रालयले बिहीबार नै बाँके र सर्लाहीका प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरेको थियो ।
बाँकेका विपिन आचार्य तथा सर्लाहीका इन्द्रदेव यादवलाई हटाइएको छ । बाँकेमा श्रवणकुमार तिमल्सिना र सर्लाहीमा कोमलप्रसाद धमलालाई पठाइएको छ ।