प्रेस युनियन बाँकेको १२औं अधिबेशन नेपालगञ्जमा शुरु

सदरलाइन संवाददाता २७ श्रावण २०८०, शनिबार १४:१४
 

नेपालगञ्ज : नेपाल प्रेस युनियन बाँके शाखाको १२ औं जिल्ला अधिबेशन शनिवार नेपालगञ्जमा शुरु भएको छ ।

नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको हलमा शुरु भएको अधिबेशनलाई नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गरेका छन् ।

युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालको विशेष उपस्थितीमा शुरु भएको उदघाटन सत्रमा विभिन्न वक्ताहरुको धारणा राख्ने क्रम जारी छ ।


अधिबेशनलाई बिशेष चासोका साथ हेरिएको छ । अधिबेशनबाट एक जना अध्यक्ष चयन हुने छन् । प्रियास्मृति ढकाल र चेतकान्त भट्टराई बीच अध्यक्षमा प्रतिस्पर्धा हुँदैछ ।

अधिबेशनका लागि उपाध्यक्षमा कमल खत्री, सचिवमा भीष्म लोध, कोषाध्यक्षमा खडक खत्रीको नाम चर्चामा छ भने भट्टराई समूह तर्फबाट बर्तमान सचिवमा बिजय मल्ल र कोषाध्यक्षमा मधु पौडेल उम्मेदवार बन्ने चर्चा छ ।

त्यस्तै ढकाल समुहबाट सदस्यका उम्मेदवारहरुको अन्तिम नामको टुंगो लागिसकेको सचिव पदका उम्मेदवार लोधले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उर्दू भाषाको संरक्षणका लागि नेपालगञ्जमा गजल गोष्ठी

२७ श्रावण २०८०, शनिबार १४:१४
नेपालगञ्ज : विभिन्न साहित्यिक गतिविधि बढ्दै गएको बाँकेमा पछिल्लो समयमा उर्दू भाषाको संरक्षणका लागि पनि विभिन्न कार्यक्रमहरू भइरहेका छन् । नेपालगञ्जका उर्दू साहित्यकारहरूको सङ्गठन गुल्जार–ए– अदबले उर्दु भाषाको संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम गरिरहेको छ । सोही क्रममा यहाँ समय समयमा उर्दू गजल गोष्ठीको आयोजना गरेर सो अदबले उर्दू […]