बर्दियामा तीन जना पक्राउ

सदरलाइन संवाददाता २४ श्रावण २०७८, आईतवार १५:४७
 

बर्दिया : बर्दिया प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । तीन जना मध्ये दुई जना लागुऔषधसहित पक्राउ परेका छन् भने एक जना कुटपीट मुद्दामा फरार रहेका अभियुक्त छन् ।

लागुऔषधसहित पक्राउ पर्नेमा बर्दियाको गुलरिया नगरपालिका वडा नं. ४ बस्ने २५ वर्षीय अरिव खान पठान रहेका छन् । उनलाई शनिबार प्रहरीले २४ ग्राम ४२० मिलिग्राम ब्राउन सुगरसहित गुलरिया नगरपालिका वडा नं.११ गणेशपुर स्थित बन्दै गरेको घरबाट पक्राउ गरेको हो ।

यस्तै शुक्रबार भारतबाट नेपाल तर्फ आउँदै गरेका बाँके खजुरा गाउँपालिका वडा नं.१ बस्ने २२ वर्षिय सुमित सुनारलाई ४ ग्राम २६० मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणम लिईएको छ ।


जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीका अनुसार पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको छ ।

त्यसैगरी बर्दिया जिल्ला अदालतले २०६६ साल असार ७ गते कुटपिट मुद्दामा ६ महिना कैद र २ हजार जरिवाना तोकिई फरार रहेका बर्दिया गुलरिया नगरपालिका वडा नं.११ बस्ने ३८ वर्षीय कलीम साईलाई पनि पक्राउ गरिएको शाहीले बताए ।

उनका अनुसार साईलाई आज आइतबार विहान गुलरीयाबाटनै पक्राउ गरिएको हो । पक्राउ परेका साईलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तालिबानद्वारा आफगानिस्तानको दोस्रो क्षेत्रीय राजधानी कब्जा

२४ श्रावण २०७८, आईतवार १५:४७
काठमाण्डौ : अफगानिस्तानमा विद्रोही पक्ष तालिबानले दुई दिनमा दोस्रो क्षेत्रीय राजधानी कब्जा गरेको बताएका छन् । अफगानिस्तानका विभिन्न ठाउँमा युद्ध गरिरहेको विद्रोही पक्ष तालिबानले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम गरेका जनाएका छन् । यसअघि शुक्रवार उनीहरुले दक्षिण पश्चिममा अवस्थित निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका थिए । २० […]

सम्बन्धित