कर्तब्य ज्यान मुद्दामा फरार दुईजना पक्राउ

सदरलाइन संवाददाता ८ कार्तिक २०७८, सोमबार १६:०६
 

नेपालगञ्ज : बाँके प्रहरीले कर्तब्य ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बाँके जिल्ला अदालतले कैद र जरिवाना तोकिएका राप्तीसोनारी गाउँपालिका वडा नं. २ का रिसवान थारु र यज्ञ राना क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

रिसवान र यज्ञलाई जिल्ला अदालतले २०७७ माघ २६ गते जनही एक वर्ष एक दिन कैद र एघार हजार जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनीहरु फरार थिए । प्रहरीले दुवै जनालाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

बाँकेमा एमालेको पालिकास्तरिय अधिबेशनको तयारी सकियो सर्वसम्मत नेतृत्वको प्रयास

८ कार्तिक २०७८, सोमबार १६:०६
नेपालगञ्ज :  नेकपा एमालेको भोली हुने पालिका स्तरिय अधिवेशनको तयारी पुरा भएको जनाएको छ । गत ६ गते शनिबार वडा अधिवेशन सर्वसम्मत सम्पन्न गरेको एमालेले पालिकास्तरिय अधिवेशन पनि सर्वसम्मत तरिकाले सम्पन्न गर्ने गरि तयारी अघि बढाएको एमाले बाँकेका अध्यक्ष निरक गुरुङ्गले जानकारी दिए । ८ वटा पालिका रहेको बाँकेमा नेर्तत्वका […]