सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : नेपालीहरुको महान चाड दशैंका अवसरमा नेपाल राष्ट्र बैंकले साट्दै आएको नयाँ नोट यस वर्ष असोज १० गतेदेखि साट्ने भएको छ । नयाँ टलक्क परेको नोट लिने दिने प्रचलन विशेष गरी दशैको अवसरमा बढी हुने गरेकोले राष्ट्र बैंकले असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको हो ।
सर्वसाधरणको चासोलाई दृष्टिगत गर्दै असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराइने नेपाल राष्ट्र बैंकले जनाएको छ । दशैँमा विशेष गरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने विगतको अनुभवलाई ध्यानमा राखेर राष्ट्र बैंकले यविभिन्न बैंक तथा वित्तीय संस्थामा उपलब्ध हुने बताएको छ ।
केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार, विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध हुने जनाएको छ ।
