बडादशैंको तेस्रो दिन पनि टीका थाप्ने क्रम जारी

सदरलाइन संवाददाता ९ कार्तिक २०८०, बिहीबार १३:११
 

नेपालगञ्ज : हिन्दू धर्मावलम्बीले नवदुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट रातो टीका र समृद्धिको प्रतीक जमरा लगाउने क्रम बिहीवार बडादसैँको तेस्रो दिन पनि जारी छ ।

विजयादशमीको शुभसाइत मंगलबार नै सकिए पनि टीका थापेर आशीर्वाद लिने क्रम आज द्वादशीका दिन पनि जारी छ । टाढा रहेका आफन्त तथा मान्यजनहरु कहाँ टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनभित्र पुगेर दशैंको टीका थाप्ने र आशिर्वाद लिने चलन छ । त्यसैले आज टीकाको तेस्रो दिन पनि टीका लगाउन आउ–जाउ गर्नेहरुको चहलपहल जारी छ ।


आश्विन शुक्ल दशमी अर्थात् विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन सबै (अखिल) बलि पूर्ति नभएसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा आजसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा साढे १० हजारलाई रोजगारसम्बन्धी परामर्श सेवा

९ कार्तिक २०८०, बिहीबार १३:११
नेपालगञ्ज : बाँके जिल्लाको चारवटा पालिकामा साढे १० हजार जनालाई वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा प्रदान गरिएको छ । रोजगारीका लागि विदेश जाने र जान चाहनेलाई लक्षित गरेर जिल्लामा सञ्चालन गरिएको सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत चार पालिकाका सम्बन्धितलाई सो सेवा प्रदान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र […]