सशस्त्रको हेडक्वार्टरभित्र जवानको शव भेटियो

सदरलाइन संवाददाता २० श्रावण २०७८, बुधबार १६:०६
 

धनगढी : धनगढीमा रहेको सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान धनगढी उपमहानगरपालिका–१ स्थित हेडक्वार्टर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका– १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही मृत अवस्थामा फेला परेका हुन् ।

कार्यालयको परिसरभित्र उत्तरपट्टिको कम्पाउण्डनजिक पानी जमेको स्थानमा उनको शव घोप्टो अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


अहिले शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दिया प्रहरीले भन्सार छलेको अबैध सामान नियन्त्रणमा लिएर भन्सार बुझायो

२० श्रावण २०७८, बुधबार १६:०६
बर्दिया  : बर्दिया प्रहरीले अबैध रुपमा भन्सार छलेर भित्र्याइएको करिव सवा लाख बराबरको सामानसहित २ जाना महिला, ४ साईकल नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार बर्दिया बढैयाताल गाउँपालिका–७ पुरानो कण्ठपुर नजिकैबाट ३ जना महिलाहरुले ३ वटा साईकलमा अन्दाजी मुल्य ८१ हजार […]

सम्बन्धित