नेपालगञ्ज : प्रदेश ५ को राजधानी दाङको भालुवाङ कायम भएको छ । भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश सरकारको निर्णय दुइतिहाई बहुमतले पारित भएको हो ।
मंगलवार प्रदेश सभामा भएको मतदानमा पक्षमा ६९ विपक्षमा १३ मत परेको छ । ५ जना अनुपस्थित भएका थिए । यस्तै प्रदेश ५ को नाम लुम्बिनी कायम भएको छ । नाम सम्वन्धि प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत परेको छ ।