बर्दिया निकुञ्जमा विदेशी र आन्तरिक पर्यटक बढे

सदरलाइन संवाददाता २ बैशाख २०८०, शनिबार १३:३७
 

बर्दिया : नयाँ वर्षको अवसर पारेर बर्दिया राष्ट्रिय निकुञ्जमा विदेशी र आन्तरिक पर्यटकको भीड बढेको छ । बिहीबार र शुक्रबार निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या १ हजार पुगेको हो ।

पर्यटन व्यवसायी मोहन चौधरीले निकुञ्ज अवलोकन गर्न आएका आन्तरिक पर्यटकले होटल भरिभराउ रहेको बताए । ‘कतिपयले सफारी गर्न खोजे पनि अग्रिम बुकिङ भएका कारण जिपको प्रतीक्षामा बस्नु परेको थियो,’ उनले भने, ‘लामो समयपछि नयाँ वर्षको अवसर पारेर पर्यटक बढेका हुन् ।’


नयाँ वर्षको अवसर पारेर १ हजार बढी आन्तरिक र विदेशी पर्यटकले निकुञ्ज अवलोकन गरेको प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले बताए । ‘निकुञ्जको प्रवेश द्वारमा खुट्टा राख्ने ठाउँ थिएन,’ उनले भने, ‘नयाँ वर्षका दिन उत्साहजनक रूपमा पर्यटक भित्रिएकाले निकुञ्जका लागि खुसीको कुरा बनेको छ ।’ बाघ सहजै हेर्न पाइने भएकाले पनि पर्यटकको गन्तव्य बर्दिया निकुञ्ज बन्दै गएको अर्का पर्यटन व्यवसायी रामजीबाबु थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राष्ट्रियताको पक्षमा कलम चलाउन मुख्यमन्त्री गिरीको आग्रह

२ बैशाख २०८०, शनिबार १३:३७
नेपालगञ्ज : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले राष्ट्रियताको पक्षमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीको २४ औं साधारणसभिाको उदघाटन गर्दै गिरीले नेपालका मिडिया र पत्रकारहरुले राष्ट्रियताको पक्षमा जसरी कलम चलाउनुपर्ने हो त्यो हुन नसकेको बताए । मुलुकमा बिदेशी हस्तक्षेप बढेको र राष्ट्रियता संकटमा परेको औंल्याउंदै […]