लेनदेन आरोपमा फरार व्यक्ति प्रहरीको फन्दामा

१२ चैत्र २०७५, मंगलवार १५:५१
 

सदरलाइनडटकम,
दाङ : जिल्ला प्रहरी कार्यालय दाङले लेनदेन आरोपमा फरार रहेका तुलसीपुरका एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी बिनोद बिक्रम शाहका अनुसार तुलसीपुर ५ का यादवप्रसाद भण्डारीलाई पक्राउ गरिएको हो ।
दाङ देउखुरी जिल्ला अदालतले २०७३ साल मंसिर २० गते एक लाख ३५ हजार र थप चार हजार आठ सय ७४ रुपैयाँ ब्याज तिर्नुपर्ने फैसला गरेको थियो । अदालतको फैसला यता भण्डारी फरार रहेका थिए । भण्डारीलाई प्रहरीले तुलसीपुरको गुम्राहचोकमा लुकीछिपी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी प्रवक्ता शाहले जानकारी दिए ।
भण्डारीले अदालतको आदेश बमोजिम उपस्थित नभएको भन्दै थप छ महिना कैदको फैसला गरेको थियो । पक्राउ परेका भण्डारीलाई जिल्ला प्रहरी कार्यालय दाङले फैसला कार्यान्वयन अनुसार अदालतमा हाजिर गराएर कारगार चलान गरेको प्रहरीले जनाएको छ ।

Next Post

नेपालगञ्ज रंगशालामा प्याराफिट जडान शुरु

१२ चैत्र २०७५, मंगलवार १५:५१
सदरलाइनडटकम, नेपालगञ्ज : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको बहुप्रतिक्षित भिआइपि प्याराफिट जडानको काम मंगलवारबाट शुरु भएको छ । सोमवार बेलुका नेपालगञ्ज रङ्गशालामा आइपुगेको उक्त प्याराफिट एकहप्ता भित्र निर्माण सम्पन्न गर्ने गरी जडानको काम भइरहेको छ । चाइनाबाट सिंगापुर, मलेशिया, भारत हुँदै नेपालगञ्ज रंगशाला आइपुगेको भिआइपि प्याराफिट जडानको काम चाइनिज इन्जिनियरले गरिरहेको […]