सदरलाइनडटकम,
दाङ : दाङको भालुबाङबाट ध्वासे चितुवाको छाला सहित तीन जना पक्राउ परेका छन् । ५ नम्बर प्रदेश अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक देबिप्रसाद गैरेको नेतृत्वमा गएको टोलीले उनिहरुलाइ बजारमा हिडदै गरेको अवस्थामा छाला सहित आइतवार बिहान साढे १० बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर १ का २० बर्षका बिष्णु खनाल, २६ बर्षका शालिक राम भण्डारी र सोहि वडाकै ३२ बर्षका दिपक भण्डारी रहेका छन् ।
अनुसन्धान ब्युरोले भालुबाङ बजारमा उनीहरुको हिँडाई शंकास्पद देखेपछि जाँच गर्ने क्रममा सेतो प्लास्टिकको बोरा भित्र लुकाइराखेको अवस्थामा ध्वासे चितुवाको सिङ्गो छालानै बरामद गरेको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भालुबाङमा राखिएको छ ।
