बाँकेको जानकी गाउँपालिकामा वृक्षारोपण

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १३:५७
 

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले शुक्रवार वृक्षारोपण गरेको छ । वातावरण तथा विपद् ब्यवस्थापन शाखाको आयोजनामा जानकी गाउँपालिकाको मानपुरमा बिरुवा लगाऔं, वातावरण बचाऔं भन्ने मुल नाराका साथ वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा वोल्दै पालिकाका अध्यक्ष छब्बन खाँले रुख विरुवा नै मानवको जिवन भएको बताउँदै वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताए । खाँले हरेक गाउँ हराभरा र स्वच्छ सफा राख्न वृक्षारोपण गर्न जरुरी रहेको बताए ।


वृक्षारोपणमा अध्यक्ष खाँका स्वकिय सचिव सोहराव अली दर्जी, गाउपालिकका इन्जिनियर धन बहादुर रोकाय, राजेन्द्र वाजपेई, विकाश जिसी लगायतका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैतडीमा युवायुवती मृत फेला

३ भाद्र २०७९, शुक्रबार १३:५७
नेपालगञ्ज : एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला […]

सम्बन्धित