सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकाका विभिन्न राज्यमा आएको हिमआँधीका कारण तीनजनाको मृत्यु भएको छ भने लाखौं जना प्रभावित भएका छन् । आँधीबाट बढी प्रभावित केरोलिना राज्यमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।
अलाबामा, तेनेसी र जर्जियामा पनि हिमआँधीको असर परेको छ । भारी हिमपातपछि आएको आँधीका कारण हजारौं हवाई उडान रद्द भएका छन् । विद्युत् आपूर्ति बन्द हुँदा तीन लाख मानिस प्रभावित भएका छन् ।
नर्थ केरोलिना राज्यका गभर्नर रोय कुपरले वर्षभरिकै नराम्रो आँधी आएको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।
(एजेन्सीको सहयोगमा)
