एनसेलविरुद्ध महेन्द्रनगरमा प्रर्दशन

१८ माघ २०७५, शुक्रबार १७:५२
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले करछलीविरुद्ध शुक्रबार प्रदर्शन गरेको छ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध विद्यार्थी संगठनले प्रदर्शन गरेको हो ।
एनसेल कम्पनीले ठूलो रकम करछली गरी ठगी गरेकाले प्रदर्शनमा उत्रिनु परेको क्रान्तिकारीका केन्द्रिय सदस्य वीरेन्द्र शाहले बताए । ‘कम्पनीले कर नबुझाउँदासम्म प्रदर्शन जारी रहन्छ’ उनले भने । प्रदर्शनमा महेन्द्रनगरमा रहेका क्याम्पस तथा विद्यालयका विद्यार्थीको सहभागिता रहेको छ । बजार क्षेत्रमा प्रदर्शन गर्दै विद्यार्थीले कम्पनीविरुद्ध चर्का नारावाजी गरेका छन् ।

Next Post

बाँके शिक्षाले चुम्यो मेयर कपको उपाधी

१८ माघ २०७५, शुक्रबार १७:५२
सदरलाइनडटकम, नेपालगञ्ज : बाँके जिल्ला फुटबल संघले आयोजना गरेको दोस्रो मेयर कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधी बाँके शिक्षाले जीतेको छ । बाँके शिक्षाले आदर्श मावि नेपालगञ्जलाई ट्राइबेकरमा ४–३ गोलले पराजित गर्दै उपाधी जितेको हो । उपाधीमा जित्नुमा बाँके शिक्षाका किपर केशव खत्रीको महत्वपूर्ण भूमिका खेले । उनले आदर्शका […]

सम्बन्धित