कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण

सदरलाइन संवाददाता ७ भाद्र २०८०, बिहीबार १३:४१
 

नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित नेपाल बिद्युत प्राधिकरण कोहलपुर बितरण केन्द्रका कर्मचारीमाथि आक्रमण भएको छ ।

मंगलबार राती करिब ९ बजेको समयमा केन्द्रमा डयूटीमा खटिएका सिफ्ट इन्चार्ज फोरमेन लक्ष्मण केसीमाथि आक्रमण भएको हो ।


बितरण केन्द्रका अनुसार कोहलपुरका ग्राहकको एक समूहले गुनासोको बिषयलाई लिएर ३ वटा अटोमा कार्यालयभित्र प्रवेश गरि ड्यूटीमा खटिएका केसीमाथि आक्रमण गर्दै कुटपिट घाइते बनाएका छन् ।

घट्ना लगतै आक्रमण गर्ने व्यक्तिहरुलाई पक्राउ गरि कारबाहीको माग गरिएको छ । प्राधिकरण कर्मचारी कल्याण परिषदका दिनेश कुमार प्रधान, प्राधिकरण कर्मचारी युनियनका लिला प्रसाद वली, राष्ट्रिय कर्मचारी युनियनका रेशम कुमार थापा र आधिकारीक ट्रेड युनियन प्राधिकरण कर्मचारी संघका जय प्रकाश भण्डारीले संयुक्त बिज्ञप्ती जारी गर्दे दोषीलाई कारबाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरस्तिथ विद्यालयमा ट्राफिक सचेतना फैलाईंदै

७ भाद्र २०८०, बिहीबार १३:४१
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० मा रहेको हाईस्कुल बिटमा रहेका ट्राफिक प्रहरीहरुले ट्राफिक सचेतना प्रदान गर्नुका साथै त्रिभुवन माध्यमिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई हरेक दिन जसो ट्राफिक सचेतना फैलाउनमा ब्यस्त रहेको देख्न सकिन्छ । यसअघि जथाभावि बाटो काट्ने बिद्यार्थी हुन या वटुवा आजभोलि लेन अनुशासन पालन […]

सम्बन्धित