सदरलाइनडटकम,
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नयाँ बसपार्क नजिकैको खुला मैदानमा एक युवकको घाँटी रेटेर बिभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक रमेशबहादुर सिंहले कोहलपुर–११ नयाँ बसपार्क नजिकै सुर्खेत घर भएका अन्दाजी २३ वर्षिय दिपक ंिसह ठकुरीको घाँटी रेटिएको अवस्थामा शव फेलापरेको जानकारी दिए ।
‘अगाडिबाट घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ । अनुसंन्धान गर्दै छौ’–उनले भने । घटना शुक्रबार रातीको भएपनि शनिबार बिहान मात्र शव भेटिएको हो । घटनास्थलमा प्रहरी परिचालन गरी अनुसंधान सुरु गरेको प्रहरीले जनाएको छ ।
