खाडी मुलुक जाने महिला रुपईडिहामा पक्राउ

२२ कार्तिक २०७६, शुक्रबार १४:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय रुट प्रयोग गरी अवैधरुपमा नेपाली महिलालाई खाडी मुलुक पठाउने एक नेपाली महिला सीमावर्ती भारतीय बजार रुपईडिहामा पक्राउ परेकी छन् । दुई महिलालाई रोजगारीको प्रलोभन देखाएर नेपालगञ्ज हुँदै भारत लैजाने क्रममा रुपईडिहास्थित भारतीय सुरक्षाकर्मीले भोजपुरकी कल्पना राईलाई पक्राउ गरेको हो ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी)को ४२ औं बाहिनीमा तैनात एसआई सरिताका अनुसार सीमानाकामा रुपईडिहा प्रहरी र एसएसबीले संयुक्त सुरक्षा जाँचका क्रममा तीन नेपाली महिलामाथि शंका लागेर सोधपुछ गरेको थियो । उनीहरुको जवाफमा चित्त नबुझेपछि एसएसबी क्याम्पमै लगेर थप सोधपुछ गर्दा दुबै महिलाले खाडी मुलुक जान लागेको बताएका थिए ।
उनीहरुले आफूसँगै रहेकी कल्पनामार्फत खाडी मुलुकमा रोजगारीका लागि जान लागेको जानकारी दिएपछि आवश्यक कारवाही प्रक्रिया अघि बढाईएको सुरक्षा अधिकारीको भनाई छ । कल्पनाले खाडी मुलुक पठाउन आफूसँगै लगेका दुई महिलाको परिचय भने खुलाइएको छैन ।
कल्पनाको साथबाट एक लाख रियाल, पाँच हजार २ सय ५० दिनार, पाँच हजार ६ सय नेपाली रुपैयाँ, मोबाइल फोन र नेपाली नागरिकता बरामद भएको जनाइएको छ । अधिकारीहरुका अनुसार उनीविरुद्ध मानव तस्करीको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ ।

Next Post

पाकिस्तानमा हत्याअघि निमरितासँग बलात्कार

२२ कार्तिक २०७६, शुक्रबार १४:२१
सदरलाइनडटकम, काठमाण्डौ : पाकिस्तानको सिन्ध प्रान्तको शहर लरकानामा रहस्यमयी ढंगले मृत भेटिएकी निमरिता कौरको शव परीक्षण रिपोर्टमा उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको छ । एक डेन्टल कलेजमा बीडीएस अध्ययनरत निमरिताको शव १६ सेप्टेम्बरमा कलेजको छात्रावासमा भेटिएको थियो । शुरुवाती शव परीक्षणमा पनि उनको हत्या भएको आंशका गरिएको थियो । […]