पाकिस्तानमा रेल दुर्घटनामा परी १९ मृत्यु, एक हजार २५६ घाइते

सदरलाइन संवाददाता १७ भाद्र २०७९, शुक्रबार १३:२५
 

काठमाण्डौ : पाकिस्तानमा भारी वर्षा र बाढीका कारण रेल दुर्घटनामा पर्दा गएको २४ घन्टामा कम्तीमा पनि १९ जनाको ज्यान गएको छ ।

केही दिनयतादेखि भारी मात्रामा वर्षा भएको छ भने यसका कारण यहाँका कैयौँ स्थानमा पहिरो आएको छ । पहिरोका कारण सडकमा क्षति पुगेको छ । यसबाट रेलका लिगहरु पनि बिग्रिएका छन् । यसबाट हुन गएको रेलको दुर्घटनामा परी गएको २४ घन्टा यतामात्र कम्तीमा पनि २४ जनाको ज्यान गएको बताइएको छ ।

विपद् व्यवस्थापन प्राधिकरणले रेल सेवा पनि मौसमी वर्षाका कारण प्रभावित हुन पुगेको बताएको छ । बिहीबार राति सो प्राधिकरणले सार्वजनिक गरेको एक रिपोर्टमा गएको २४ घन्टामा १९ जनाको ज्यान गएको र त्यस दुर्घटनामा नौ जना बालबालिका र अरु सात महिला पनि परेका जानकारी गराइएको छ ।


भारी वर्षा र बाढीले पाकिस्तानमा ठूलो जनधनको क्षति हुन पुगेको छ । एक हजारभन्दा बढी व्यक्तिको बाढीबाट ज्यान गएको छ भने अरु हजारौँ जना घाइते भएका छन् ।

बाटो, विजुलीलगायतका भौतिक पूर्वाधारमा पनि यहाँको बाढी र पहिरोले क्षति पुर्याएको बताइएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्त बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित हुन पुगेको छ । बिहीवारमात्र सिन्ध प्रान्तमा १२ जनाको ज्यान गएको छ भने अरु कैयौँ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–२ बाट किरण कोइरालासहित ३ जना सिफारिस

१७ भाद्र २०७९, शुक्रबार १३:२५
नेपालगञ्ज : नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेले जिल्ला कार्यसमितिमा नाम सिफारिस गरेको छ । प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १३ जनाको नाम सिफारिस गरिएको हो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्न क्षेत्रले आज नाम सिफारिस गरेको हो । पूर्व पार्टी सभापति एवम् पूर्व […]