नेपालगञ्ज : बाँके प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरको कारोबार गर्ने एक भारतीय नागरि सहित दुईजनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट ९९ ग्राम लागू औषध ब्राउन सुगर र तौल गर्न आवश्यक उपकरण सहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले लागु औषध नियन्त्रण व्यूरो नेपालगञ्ज, लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले सो परिमाणको ब्राउन सुगर बरमद गरेको बताए ।
उनले सुराकीले दिएको सूचनाको आधारमा नेपालगञ्ंज उप–महानगरपालिका वडानं.२० राँझामा लालचन्द्र कामीको कोठामा खानतलासी गर्ने क्रममा भारत रुपैडिया बस्ने राहुल शुक्लाको पाईन्टको दायाँ खल्तीबाट प्लाष्टिकको दुई पोका लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला पारेको जानकारी दिए ।
बाँके प्रहरी प्रमुख कार्कीले शुक्लाको साथबाट बरामद लागू औषध प्लाष्टिक सहित तौल गर्दा १०२ (एकसय दुई ग्राम) र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ९९ (उनान्सय) ग्राम, सोही कोठाको खाटमा लागु औषध व्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान–१, सहित बर्दिया घर भई सो डेरामा बस्ने कामी र शुक्लालाई नियन्त्रणमा लिई अनुसंधान अघि बढाएको जानकारी दिए ।