दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम प्रस्तावित

सदरलाइन संवाददाता १ आश्विन २०८१, मंगलवार १८:१०
 

एजेन्सी :  भारतको राजधानी दिल्लीको नयाँ मुख्यमन्त्रीमा वर्मतमान मन्त्री अतिशीको नाम आम आदमी पार्टीका नेता तथा वर्तमान मुख्यमन्त्री अरविन्द केजरीवालले प्रस्ताव गरेका छन् ।

अदालतले मुख्यमन्त्रीका रुपमा काम नगर्न आदेश दिएपछि राजिनामा दिने घोषणा गरेका केजरीवालले पार्टीको संसदीय दलको बैठकमा नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक गरेका हुन ।


भ्रष्टाचारको आरोपमा करिब ६ महिना जेलमा बसेपछि सर्वोच्च अदालतले केजरीवाललाई शुक्रवार धरौटीमा रिहा गरेको थियो ।

दिल्लीमा अब निर्वाचन घोषणा नभएसम्म अतिशीले अन्तरिम मुख्यमन्त्रीका रुपमा काम गर्नेछन । सुष्मा स्वराज र शिला दीक्षित पछि अतिशी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बन्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज १० नाइट रनको टिसर्ट सार्वजनिक

१ आश्विन २०८१, मंगलवार १८:१०
नेपालगञ्ज : संविधान दिवसका अवसरमा असोज ३ गते राति आयोजना गरिने नेपालगञ्ज १० किलोमिटर नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ । दशौं नेपालगञ्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको सो दौडको टिसर्ट नेपालगञ्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स […]