स्थानीय तह निर्वाचनको सुरक्षा लागि सीमा क्षेत्रमा संयुक्त गस्ती

२३ जेष्ठ २०७४, मंगलवार २२:४६
 

सदरलाइनडटकम, 
२३ जेठ, नेपालगन्ज  : दस्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै बाँकेको सीमामा सुरक्षा सतर्कता बढाइनुको साथै भारतीय सुरक्षा निकायसंगको समन्यवमा संयुक्त सीमा क्षेत्रको पेट्रोलिङ्गलाई तीब्र पारिएको छ ।
निर्वाचन व्यवस्थापन समिति बाँकेको संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले मंगलबार बिहान नेपालगन्ज–रुपैडिहाको जमुनाह नाकाबाट संयुक्त सुरक्षा गस्तीको उद्दघाटन गरे गरका हुन ।
उनले सो अवसरमा सीमा क्षेत्रमा नियमित रुपमा नेपाली र भारतीय सुरक्षा निकायको बीचमा समन्वायत्मक रुपमा संयुक्त सुरक्षा गसती हुने भएको भएपनि नेपालमा आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर संयुक्त सुरक्षा गस्ती तीब्र पारिएको जानकारी दिए ।
बाँकेको बिभिन्न स्थानमा सादा पोशाकमा प्रहरी परिचालन गरिनुका साथै सीमा क्षेत्रको दशगजामा नेपाली र भारतीय सुरक्षाकर्मीको संयुक्त गस्ती सुरु गरिएको हो । सो गस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त टोलीले गस्ती गरेको हो ।
स्थानीय तह निर्वाचन सुरक्षा, सीमा अपराध नियन्त्रण र सीमा स्तम्भ रेखदेखका लागि मंगलबार पिल्लर नम्बर ३१ देखि ३५ सम्म नेपाल प्रहरी, सशस्त्र प्रहरी र भारतीय एसएसबीको संयुक्त गस्ती गरिएको थियो । सो अवसरमा बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राई, सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारी, भारतीय एसएसबी रुपैडिहाका ईन्चार्ज असिस्टेन्ट कमाण्डेन्ट जगदीप जवारको उपस्थितिमा सो गस्ती सुरु भएको थियो ।
सीमा ईलाकाको रेखदेख तथा सीमा अपराध नियन्त्रणका लागि नियमित संयुक्त गस्ती गरिँदै आएको र नियमित गस्ती भनिए पनि नेपालमा हुन लागेकोे स्थानीय चुनावलाई सुरक्षित, मर्यादित र पारदर्शी बनाउनका लागि सीमामा बिशेष निगरानी गर्नुका साथै संयुक्त गस्ती गर्न थालिएको प्रहरीले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन केन्द्रको सुरक्षा रणनीति बनाउदै बाँके प्रहरी

२३ जेष्ठ २०७४, मंगलवार २२:४६
सदरलाइनडटकम    २४ जेठ, नेपालगन्ज : स्थानीय निर्वाचनको सुरक्षाको लागि बाँके प्रहरीले मतदान केन्द्रको संवेदनशिलताको आधारमा तीन तहमा वर्गीकरण गरेर सुरक्षा रणनीति तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले बाँकेमा रहेका मतदान केन्द्र तथा स्थलहरुलाई अतिसंवेदनशिल, संवेदनशिल र सामान्य गरी तीन तहमा […]