स्वास्थ्य कार्यालय बाँकेको वार्षिक प्रगति समीक्षा बारे दुईदिने गोष्ठी

सदरलाइन संवाददाता २५ भाद्र २०८१, मंगलवार १८:४०
 

नेपालगञ्ज  : जिल्ला स्वास्थ्य कार्यालय बाँकेले आर्थिक वर्ष २०८०–०८१ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरुको दुई दिने जिल्ला स्तरीय वार्षिक प्रगति र समिक्षा गोष्ठी आयोजना गरेको छ ।

स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सुरु भएको गोष्ठीमा आर्थिक वर्ष २०८०–०८१ मा जिल्लामा स्वास्थ्यका क्षेत्रमा भएका प्रगतिको समिक्षा गरिने र आगामी आर्थिक वर्षका लागि स्वास्थ्यका क्षेत्रमा गरिने कार्यक्रमको योजना निर्माण गरिने स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए ।

दुईदिनसम्म सञ्चालन हुने सो गोष्ठीमा जिल्लामा रहेका आठवटै स्थानीय तह मार्फत सम्पादित कार्यक्रमहरु, अस्पताल तथा आयुर्वेद चिकित्सालयहरुको प्रगतिको तुलनात्मक विश्लेषण गरि राम्रा कामहरूको अरुका लागि सिकाइ र कमिकमजोरी सुधार गर्दै भावी रणनीति तय गरिने उनले जानकारी दिए ।


कार्यक्रममा संघीय ससर्त तथा प्रदेश समानिकरण अन्तर्गत कार्यक्रम संचालनमा देखिएका कमि कमजोरी पहिचान गर्ने र सुधार गर्नु पर्ने बुँदाहरु पत्ता लगाइ लक्ष्य प्राप्तिमा सहजता खोज्नका लागि पनि गोष्ठी उपयोगी हुने अपेक्षा गरिएको छ ।

गोष्ठीको पहिलो दिन जिल्लाका ८ वटै पालिकाले आर्थिक वर्ष २०८०÷०८१ को प्रगति विवरण प्रस्तुत गरि आगामी आर्थिक वर्षका योजनाको जानकारी गराउने छन् ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमखु अंगदबहादुर शाहीको अध्यक्षतामा सुरु भएको गोष्ठीमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी, उप प्रमुख सीता कार्की, खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक, निमित्त प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, भेरी अस्पतालका नर्सिङ प्रमुख दुर्गा श्रेष्ठ,लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर वली,जिल्लामा स्वास्थ्यका क्षेत्रमा कार्यरत सरकारी तथा गैसस, संचारकर्मी लगायतको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्दोशलाई नफसाउन एमाले निकट राष्ट्रिय युवा संघ नेपालको चेतावनी

२५ भाद्र २०८१, मंगलवार १८:४०
नेपालगञ्ज : एमाले निकट राष्ट्रिय युवा संघ नेपालका बाँके अध्यक्ष तथा राप्तीसोनारी–२ का वडा अध्यक्ष समेत रहेका ज्ञानेन्द्रराज वलीको व्यक्तिगत र सामाजिक जीवन समाप्त गर्ने उद्देश्यले षडयन्त्र गरिएको भन्दै राष्ट्रिय युवा संघले गम्भीर आपत्ति जनाएको छ । संघका जिल्ला ईन्चार्ज विपेन्द्र लामा (कालु) र जिल्ला उपाध्यक्ष रमेश मिझारद्वारा जारी विज्ञप्तीमा […]

सम्बन्धित