नेपालगञ्ज वडानं. ६ को वडाभेला सम्पन्न

८ असार २०७६, आईतवार १८:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगञ्ज उप–महानगरपालिकाको वडानं. ६ को आर्थिक वर्ष २०७६/०७७ को लागि योजनातर्जुमाको लागि बृहद वडाभेला सम्पन्न भएकोे छ ।

वडानं ६ का अध्यक्ष समिर प्रताप सिंहको अध्यक्षता तथा वडाबासीहरुको सहभागितामा सम्पन्न भएको तेस्रो वडाभेलामा आर्थिक वर्ष २०७६/०७७ मा समग्र वडा नं ६ मा गरिने विकास निर्माणलगायतको विकासे योजनाको प्रस्ताव प्रस्तुत गरी बृहत छलफल समेत गएिको छ ।

वडा भेलामा बोल्दै वडा अध्यक्ष सिंहले वडाको भौतिक पूर्बाधार विकास, सामाजिक सुरक्षा, कार्यालय सञ्चालन, आर्थिक विकास, संस्थागत विकास, शिक्षा क्षेत्र र स्वास्थ्यतर्फ समेत प्राथमिकता दिएको स्पष्ट पारे । उनले लक्षित बर्ग, बालमैत्री, जेष्ठ नागरिक कार्यक्रमलाई समेत यस आर्थिक वर्षमा विगतको झै योजनामा समाबेश गरिएको जनाए ।


गत आर्थिक बर्षमा ८४ लाख ४० हजारको बजेट प्रतिवेदन वडा सचिव राजकुमार कार्कीले प्रस्तुत गरेका थिए भने भेलामा वडा सदस्य एवम् वडा सरसफाई शाखा प्रमुख दीपक श्रेष्ठ, वडा सदस्य एवम् विद्युत शाखा प्रमुख सुरेश सोनार, महिला सदस्यद्वय सावित्रीदेवी शर्मा अधिकारी, मुन्नी कोरीको सहभागिता रहेको कार्यक्रममा सम्बन्धित शाखा प्रमुखहरुले भेलामा उठेका गुनासोहरुको एक–एक गरी जवाफ दिएका थिए ।

यसपटक आउने बजेटमा वडालाई चिनाउने हिसाबमा कार्य गरी वडाबासीहरुको मन जित्ने प्रयास गर्ने प्रतिबद्धता वडाअध्यक्ष सिंहले दोहो¥याएका थिए भने वडाभेलामा ब्यारेक टोलका आईते पुनमगर, हडियाबाबा टोलका लक्ष्मी बस्नेत, फुल्टेक्रा टोलका शिव भारती लगायतका व्यक्तिहरुले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

योजना र बजेटबारे डुडुवामा सर्वदलीय छलफल

८ असार २०७६, आईतवार १८:४३
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले आईतवार आज पहिलो पटक सर्वदलिय बैठक गरेको छ । नयाँ आर्थिक वर्ष २०७६÷०७७ का लागि ल्याइने योजना र बजेट बारे छलफल तथा सुझावका लागि बैठकको आयोजना गरिएको हो । बेठकमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाले सञ्चालन गरेको विभिन्न अभियान, कार्यक्रम तथा उपलब्धी र […]

सम्बन्धित