प्रचण्ड राष्ट्रबादी हाईनन, उनी आफ्नो स्वार्थमात्र हेर्छन :  बास्कोटा

सदरलाइन संवाददाता १९ फाल्गुन २०७८, बिहीबार २०:११
 


नेपालगञ्ज  :  नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कहिले पनि राष्ट्रवादी नभएको दावी गरेका छन् ।

प्रेस चौतारी बाँकेले बिहिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बास्कोटाले प्रचण्ड जहिले पनि सत्ताबादी भएको र आफ्नो स्वार्थको लागि जे पनि गर्न पछि नपर्ने दावी गरेका हुन् ।

अहिलेको गठबन्धनको सरकारले राजनीतिक निकाश दिन नसक्ने भन्दै गठबन्धन देश र जनताको पक्षमा नभएको टिप्पणी गरे । उनले अहिलेको पुँजीवादी र कथित समाजवादीहरुको गठबन्धन धेरै नटिक्ने दावी गर्दै उनले सबैलाई चुनावमा जानका आग्रह गरे ।


उनले सत्ताधारीहरुले विधिन्न बाहानामा स्थानीय तहको चुनावलाई सार्न खाजेकोमा आपत्ति जनाउदै मुलुकलाई निकासको खाँचो परेको कारण लोकतान्त्रिक प्रक्रियालाई रोक्न नहुने र तोकिएकै मितिमा स्थानीयको चुनाव हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल, केन्द्रीय सदस्यहरु शान्ति ढकाल, दिपा शर्मा, जिल्ला अध्यक्ष किस्मत कक्षपति प्रदेश कमिटी सदस्य शिव डोटेल, एकमाया विक लगायतको उपस्थिती थियो । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ६ संक्रमित थपिए, ८ डिस्चार्ज

१९ फाल्गुन २०७८, बिहीबार २०:११
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एक सय जनाको पीसीआर परीक्षणमा पाँच जनामा र जमुनाहा नाकामा २ ७८ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालको पीसीआर प्रयोगशालामा तीनजना र मेडिकल कलेजमा दुईजनामा संक्रमण पुष्टि भएको छ […]