आयुर्वेद चिकित्सालाई स्तरीय बनाउने मुख्यमन्त्री कार्कीको जोड

सदरलाइन संवाददाता २३ भाद्र २०८१, आईतवार १९:१०
 

झापा  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने कुरामा जोड दिएका छन् ।

मुख्यमन्त्री कार्कीले कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गरे


मुख्यमन्त्री कार्कीले प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिदै भने–‘ यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ ।’

यसका लागि अध्ययन कार्यदल गठन गरिएको भन्दै उनले कार्यदलले दिएको प्रतिवेदनका आधारमा काम सुरु गर्ने जानकारी दिए । मुख्यमन्त्री कार्कीले डाक्टर खिमबहादुर कार्कीको नेतृत्वमा बनाएको कार्यदलले अब एक महिनामा प्रतिवेदन बुझाएपछि तत्काल काम सुरु गर्ने बताए ।

आयुर्वेद स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने, आयुर्वेदिक चिकित्सा र नयाँ चिकित्सा प्रणालीलाई जोडेर सेवा दिन सक्ने सम्भावनाको समेत खोजी गरिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्व मुख्यमन्त्री केसीले फिर्ता गरे सरकारी गाडी

२३ भाद्र २०८१, आईतवार १९:१०
दाङ  : लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारी गाडी फिर्ता गरेका छन् । लुम्बिनी प्रदेश सरकारले पूर्व बिशिष्ट व्यक्तिहरुले पाउदै आएको सेवा सुविधा फिर्ता लिने निर्णय गरेपछी पूर्व मुख्यमन्त्री केसीले प्रयोग गर्दै आएको लु १ झ ७४५ नम्बरको स्कार्पियो गाडी फिर्ता गरेका हुन । मुख्यन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता […]