अवैध सुर्तीजन्य सामग्री बरामद

११ असार २०७७, बिहीबार १७:४०
 

सदरलाइनडटकम,
नेपालगञ्ज : सशस्त्र प्रहरी बाँकेमा ठुलो परिमाणमा अवैध सुर्तीजन्य सामग्री बरामद गरेको छ । भारतबाट अवैधरुपमा भित्र्याइएको २ लाख ३५ हजार मूल्य बराबरको सुर्ती डुडुवा गाउँपालिकाको वडा नम्बर १ होलियाबाट बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी नेपालगञ्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको नेतृत्वमा बिहीवार गएको गस्ती टोलीले सुर्तीजन्य सामग्री बरामद गरेको बताइएको छ । बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरले जनाएको छ ।

Next Post

लकडाउन अवधिको कर छुट गर्न माग

११ असार २०७७, बिहीबार १७:४०
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ, बाँकेले लकडाउन अवधिलाई शुन्य समय मानेर यस अवधिभरको तिर्नुपर्ने सम्पूर्ण कर छुट गर्न सरकारसँग माग गरेको छ । कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको निजी क्षेत्रमध्ये सिलाई व्यवसाय झनै प्रभावित भएको हँुदा कर तिर्नसक्ने अवस्था नरहेका बेला राहत दिनुको सट्टा सरकारले […]

सम्बन्धित