कोशी प्रदेशका सबै जिल्लालाई राजधानी जोड्न आन्तरिक हवाई उडानको तयारी गरिदै

सदरलाइन संवाददाता २० भाद्र २०८१, बिहीबार १८:४६
 

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरुमा उडान सुरु गर्न पहल गरिरहेको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले विराटनगरमा आयोजित दोश्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गरे बंगलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रर्वद्धन गर्न सहयोग पुग्ने भएपनि तत्काल त्यो सम्भावना अहिले नदेखिएको बताए ।

उनले कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भए पनि एक दुईमा मात्रै उडान भइरहेको भन्दै विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको बताए ।


यसका लागि निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको र लागत साझेदारी गर्न समेत प्रदेश सरकार तयार रहेको स्पष्ट पारे । उनले २०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यस अघि नै कही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको जानकारी दिए ।

कोशी प्रदेशमा सहज घुम्न आउने जनसंख्या भारत र बंगलादेशमा गरी ५ करोड बढी रहेको भन्दै उनीहरुलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको उनले बताए ।उनले भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको बताए ।

कोशी प्रदेशले आइटी र कषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको भन्दै मुख्यमन्त्री काकीले भने–‘हामीले यी दुबै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ । पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यक्ता नै यही हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश सरकारको कामको तथ्याङ्क नहेरी टिप्पणी नगरौ :  मुख्यमन्त्री कार्की

२० भाद्र २०८१, बिहीबार १८:४६
विराटनगर  : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार संघीय संरचनामा सबै भन्दा अब्बल प्रदेश सरकार रहेको दाबी गरेका छन् । विराटनगरमा आयोजित संघीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो दाबी गरेका हुन । उनले तथ्य नहेरी प्रदेश सरकारको काम छैन भन्ने जस्ता तथ्यहिन टिप्पणी हुने […]

सम्बन्धित