कोहलपुरमा मनाइँदै प्याब्सनको स्थापना दिवस

सदरलाइन संवाददाता २३ पुष २०८०, सोमबार १४:३४
 

नेपालगञ्ज : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) बाँकेले ३३औँ स्थापना दिवस मंगलबार मनाउँदै छ । प्याब्सन बाँकेले आफ्नो ३३औँ स्थापना दिसव २४ गते मंगलबार कोहलपुरमा मनाउन लागेको हो ।

३३औँ प्याब्सन स्थापना दिवस्, शिक्षक सम्मान कार्यक्रम तथा विविध कार्यक्रम गरी मनाइने पत्रकार सम्मेलन गर्दै प्याब्सन बाँकेले जानकारी दिएको छ ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतले पहिलोपटक ऐतिहासिक रूपमा कोलपुरमा खुला चौउरमा स्थापना दिवस मनाउन लागिएको बताए । देशको भन्डैं ३१ प्रतिशत शिक्षामा राज्यलाई निजी विद्यालयहरूले सहयोग गर्दै आएको उनले दाबी गरे । ‘देशको टोटल राजस्व संकलनमा ७ प्रतिशत राजस्व सहयोग निजी विद्यालयहरूले गर्दै आएका छन्,’ उनले भने, ‘३ लाखभन्दा बढीलाई रोजगारी पनि दिँदै आएका छौँ ।’


निजी स्रोत र व्यस्थापनबाट सञ्चालित निजी विद्यालयहरूको संरक्षकको रूपमा देशभर छरिएर रहेका निजी विद्यालयलाई एउटै छातामुनि ल्याउने उद्देश्यले २०४७ सालमा प्याब्सनको स्थापना गरिएको उनले जानकारी दिए । ११ हजार निजी विद्यालयहरूमध्ये बाँकेमा १ सय २४ विद्यालय प्याब्सनमा आबद्ध रहेका छन् ।

अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सक्षम विद्यार्थीहरू उत्पादन गर्ने प्रत्येक विद्यालयका एक जना शिक्षकलाई सो अवसरमा सम्मान गरिने उनले जानकारी दिए ।

३३औँ स्थापना दिवस फरक तरिकाले मनाउन लागिएको उहाँले बताउनु भयो । सो कार्यक्रममा मेयर आचार्यले मात्रै सम्बोधन गर्नेछन् । विविध सांस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, र अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी लगायत प्रत्यक विद्यालयका उत्कृष्ट एक शिक्षकलाई पुरस्कार वितरणलगायतका कार्यक्रम रहेको पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पेसा परिवर्तन गर्न बाध्य बाँकेका खुना जाती

२३ पुष २०८०, सोमबार १४:३४
नेपालगञ्ज : बाँकेको राप्तिसोनारी–१ बैरियाका खुना जातीका व्यक्ति गत वर्षदेखि नदीमा गोही छाडेदेखि माछा मार्न जान डराउँछन् । हिजोआज नदीमा गोही देखिन थालेपछि उहाँहरूको नदीमा माछा मार्न जानेक्रम घटेको छ । राप्तिसोनारी–१ बैरियाकी रामकुमारी खुना भन्छिन, “पहिला नदीमा ढुक्क भएर माछा मारिन्थ्यो । हिजोआज नदीमा गोही छाडेदेखि माछा मार्न जान […]