बर्तमान सत्ता समीकरण ०८४ सम्मै जाने सञ्चारमन्त्री गुरुङको दाबी

सदरलाइन संवाददाता १५ भाद्र २०८१, शनिबार १९:३८
 

पोखरा : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने ठोकुवासहितको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा कुराकानी गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री गुरुङले यस्तो ठोकुवा गरेका हुन । अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण पनि नरहेको प्रष्ट पारे ।


‘हाम्रो सरकार के कारणले ढल्छ ? निश्चित उदेश्य तय गरेर दुई ठूला दलबीच सत्ता सहकार्य भएको छ । सरकार चलाउनको लागि तेस्रो पार्टी चाहिएकै छैन । त्यसैले सरकार ढल्ने कुरै छैन,’सञ्चारमन्त्री गुरुङले भने ।

उनले सत्ता समीकरणका प्रमुख दल कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली मिल्ने बेलासम्म कसैको केही नलाग्ने र केही नहुने प्रष्ट पारे । उनीहरूबीच नै फाटो आउनसक्छ कि ? भन्ने प्रश्नमा मन्त्री गुरुङले माओवादीतर्फ संकेत गर्दै ३२ सिटको म्याजिक नम्बरले दुवै नेतालाई ठगेकोले त्यस्तो नहुने बताए ।

अहिलेको सरकारले लामो समयदेखि बाँकी रहेको संक्रमणकालीन न्यायको विषय पनि टुंग्याएको भन्दै यसले पनि सरकार ०८४ को चुनावसम्म कायमै रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धेरै राजनीतिक दल भन्दापनि बलिया राजनीतिक दलको आवश्यकता : एमाले महासचिव पोखरेल

१५ भाद्र २०८१, शनिबार १९:३८
  काठमाडौं  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतामा जब निराश, कुण्ठा र सामाजिक अराजकता बढेसैगै देशको राजनीतिमा चुनौती उत्पन्न हुने बताएका छन् । नेपाल निर्माण उद्योग परिषद्को पाँचौँ वार्षिक साधारण सभा एवं तेस्रो अधिवेशनको बन्द सत्रलाई शनिबार ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाल अहिले यही चुनौतीको अवस्थामा रहेको बताए […]