कोविन्द बने भारतको १४ औ राष्ट्रपति

५ श्रावण २०७४, बिहीबार १७:१६
 

सदरलाइनडटकम 
एजेन्सी : भारतको नयाँ राष्ट्रपतिको रुपमा भारतीय सत्तारुढ गठबन्धनका उम्मेदवार रहेका भारतीय जनता पार्टीका दलित नेता रामनाथ कोबिन्द विजयी भएका छन् ।
उनले आफ्ना निकटतम प्रतिद्वन्दी प्रतिपक्ष दलकी मिरा कुमारलाई पराजित गरी भारतको १४ औं राष्ट्रपतिको रुपमा निर्वाचित हुन सफल भएका हुन । कोविन्दले ६५. ३५ प्रतिशत मत प्राप्त गरी बिजयी हुँदा मिराकुमारले ३४. ३५ प्रतिशत मत ल्याएकी थिईन ।
नवनिर्वाचित राष्ट्रपति कोविन्द उत्तर प्रदेशका दलित नेता हुन् । उनी दुई पटक राज्यसभा सदस्य पनि थिए । कोविन्दले ७ लाख २ हजार ४४ मत पाउँदा मिरा कुमारले ३ लाख ६७ हजार ३१४ मत पाएकी छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिश्वासले जोडिएको नाता

५ श्रावण २०७४, बिहीबार १७:१६
दिनभर कार्यालयको काम अनि सांझमा भलिबल खेलमा ब्यस्त २५ वर्षको उमेरसम्म राकेश श्रीबास्तवको दैनिकी यसरी नै चलेको थियो । कार्यालयको काम पछि भलिबल खेल्ने बानी ‘लत’ जस्तै गरी बसिसकेको थियो । लक्का जवान र ‘आफ्नै खुट’मा उभिएको भए पनि राकेशले बिवाहका बारेमा भने सोचेका थिएनन् । कार्यालयको काम र भलिबल […]