स्वास्थ्यकर्मीहरुलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम

सदरलाइन संवाददाता ८ असार २०८०, शुक्रबार १६:०३
 

नेपालगञ्ज : नेपालगञ्जमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ । गर्मीयामको सुरुवातसंगै सर्पदंशका बिरामी बढ्ने गर्छन् । र, उपचारका लागि स्वास्थ्य संस्था तथा अस्पतालहरुमा पुग्ने गर्छन् ।

स्वास्थ्य संस्था तथा अस्पतालमा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा भेरी अस्पतालमा आयोजित तीन दिने तालिमको सहजीकरण गर्दै भेरी अस्पतालका कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा.कृष्ण आचार्यले सर्पदंशका अधिकांश बिरामीको स्वास्थ्यकर्मी तथा चिकित्सकहरुले व्यवस्थापन गर्न नसक्दा दुर्घटना हुने गरेको भन्दै त्यस खालका दुर्घटना नहोस् भन्ने उद्देश्यले सर्पदंश व्यवस्थापन सम्बन्धि तालिम दिइएको बताए ।


जङ्गल क्षेत्रसंग जोडिएका बाँके, बर्दिया, दाङ, कैलाली, कंचनपुर लगायत तराईका २२ जिल्ला र सुर्खेत, डडेलधुरा, पाल्पा र सिन्धुली लगायतका पहाडी जिल्ला सर्पको जोखिममा पर्छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी भेरी अस्पताल, दुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही, बर्दिया अस्पताल र लमही सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामी बढी आउने गरेका छन् ।

नवलपरासी, रुपन्देही, कपिलबस्तु, बाँके, बर्दिया, दाङ र बर्दियाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत मेडिकल अधिकृत, स्वास्थ्यकर्मी सहभागी तालिममा सर्पको पहिचानदेखि उपचार व्यवस्थापनसम्म जानकारी प्रवाह गरिने स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।

तालिमको भेरी अस्पतालका निमित्त मेसु समेत रहेका एनेस्थेसियोलोजिष्ट डा. आचार्य, सर्पदंश विशेषज्ञ कमल देवकोटा, भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजंश शाहलगायतले सहजीकरण गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

डुडुवाको गाउँसभामा जनप्रतिनिधिको विरोध

८ असार २०८०, शुक्रबार १६:०३
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा गाउँसभाका दिन जनप्रतिनिधिहरु नै आन्दोलनमा उत्रिएका छन् । नेकपा (एमाले) बाट निर्वाचित वडा ५ का वडाध्यक्ष झंकर थापा, वडा ६ का अध्यक्ष मोहनराम मिश्रसहित तीन जना कार्यपालिका सदस्य, वडा सदस्यहरु वडाबासीसहित शुक्रबार आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले गाउँपालिका कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना तथा घेराउ […]